मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

रोशी गाउँपालिकाको बार्षिक प्रगती समिक्षा सम्पन्न

Thearaniko Times 1394+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षको प्रगती समिक्षा गरेर आगामी कार्ययोजना तयार पार्नको लागि समिक्षा कार्यक्रम राखेको हो ।
गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा समिक्षा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधि र कर्मचारीले आ-आफ्नो दायित्व सहि तरिकाले सहि समयमा पूरा गर्न सके समृद्धि आउने बताए । जनप्रतिनिधि र कर्मचारी एक आपसमा मिलेर कार्यसम्पादन गर्नुपर्ने बताए । रोशीको विकास र समृद्धिको लागि कर्मचारी र जनप्रतिनिधि दुवै जोडदार लाग्नु पर्ने लामाको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले गाउँपालिका विकासका लागि यो कार्यक्रमले टेवा पुग्ने बताए । जनप्रतिनिधि र कर्मचारी दुवैले गुनासोरहित काम गर्नुपर्ने उनको भनाई छ । समृद्ध रोशी निर्माणको लागि आयोजनाहरूको अनुगमन कडाईका साथ गर्ने वाईबाले प्रतिवद्धता जनाएका छन् ।
नेपालमै पहिलोपटक कर्मचारीले नै मध्यमकालिन खर्च संरचना तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए । यसले गर्दा लिजा र फ्ल्यापले गर्ने मूल्यांकनमा १० दखि १५ अंक बृद्धि हुने उनको भनाई छ । पहिला पहिला बजेट नीति तथा कार्यक्रममा मात्र समिक्षा हुने गरेकोमा यस बर्षदेखि गैरबजेट शाखाको पनि प्रगति प्रतिवेदनको समिक्षा गरेर नयाँपन दिएको तामाङले बताए । यो कार्यक्रमले कमजोरीहरूलाई सुधारेर आगामी बर्षको कार्यसम्पादन चुस्त र दुरुस्त पार्नलाई मद्धत पुग्ने उनको भनाई छ ।
आर्थिक बर्ष २०७९/०८० मा रोशी गाउँपालिका/वडा कार्यालय मार्फत सम्बन्धित क्रियाकलापहरूको बार्षिक प्रगती समिक्षा २०८० मा गाउँपालिकाका सबै शाखाहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रोजेक्टरको माध्यामबाट स्वास्थ्य शाखाको प्रगति प्रतिवेदन शाखा प्रमुख गंगालाल श्रेष्ठले प्रस्तुत गरेका थिए । शाखा मार्फत सञ्चालित १५ वटा स्वास्थ्य संस्थाबाट २७ हजार ५ सय ४४ जनालाई सेवा प्रदान गरेको जनाएको छ । शिक्षा तथा खेलकूद शाखाको राजेन्द्र सिग्देलले ९३ दशमलव २४ प्रतशित आर्थिक प्रगति गरेको बताए । त्यस्तै सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको प्रतिवेदन फिल्ड सहायक सिता श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । त्यसरी नै पशुपञ्छि विकास शाखाको रघुनी साह, कृषि विकास शाखाको समिता तामाङ, रोजगार सेवा शाखाका चन्द्रकुमार पाख्रिङले, पूर्वाधार विकास शाखाले भूपेन्द्र अधिकारीले, नापी शाखाकाको महेश काफ्लेले, आयुर्वेद शाखाको सविता गौतमले, न्ययिक तथा कानुन शाखाको वेवी डेजी गुप्ताले, उद्यम विकास शाखाको मनिषा मोक्तानले, मपहला वालवालिका तथा जेष्ठ नागरिक शाखाको रञ्जना चौलागाईले, लेखा तथा आर्थिक प्रशासन शाखाको पेमा नाम्गेल लामाले, आन्तरिक लेखा परिक्षण शाखाको चन्दावती श्रेष्ठले, प्रशासन तथा सूचना प्रविधि शाखाको प्रकाश पौडेलले र जलस्रोत तथा जिन्सी शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसरी नै समिक्षामा १२ वटै वडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा सचिवहरूले आ-आफ्नो वडाको प्रगति प्रतिवेदन प्रोजेक्टरको माध्यामबाट प्रस्तुत गरेका थिए ।
योजना शाखाका प्रमुख राम लामाले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष धनजीत लामा र वडा नं. २ का वडाध्यक्ष हस्तमान लामाले सुझाव राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार