मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
काभ्रे–२ मा रास्वपाका बदन भण्डारी विजयी, मतदातालाई धन्यवाद

Thearaniko Times 1401+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट बदन भण्डारी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी मधु आचार्य ले १७ हजार ८६८ मत प्राप्त गरेका छन्। आचार्य नेपाली कांग्रेस का उम्मेदवार हुन्।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अशोक व्यान्जु ले १३ हजार ९४० मत प्राप्त गरेका छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बसुन्धरा हुमागाई ले ८ हजार १०७ मत प्राप्त गरेकी छन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै क्षेत्र नम्बर २ मा भण्डारी निर्वाचित भएका हुन्।

विजयपछि भण्डारीले काभ्रे–२ का मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् मतदाताले आफू र पार्टीमाथि देखाएको विश्वास, माया र परिवर्तनको आकांक्षाले यो सफलता सम्भव भएको बताएका छन्।

उनले लेखेका छन्, “काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का सम्पूर्ण मतदाताले म र रास्वपामाथि देखाउनुभएको विश्वासका कारण ५३ हजार ३४४ मतसहित प्रतिनिधिसभामा निर्वाचित हुन पाएकोमा हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। यो विजय मेरो व्यक्तिगत मात्र नभई सम्पूर्ण काभ्रे र नेपाली नागरिकको विजय हो।”

भण्डारीले जनताले दिएको विश्वासलाई सम्मान गर्दै देशको विकास, सुशासन र जनहितका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार