मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

राजनीतिक रूपमा कर्मचारी तटस्थ बस्न नसक्दा कर्मचारी र जनप्रतिनिधिबिचको सम्बन्ध सुमधुर हुन सकेन
राजनीतिक रूपमा कर्मचारी तटस्थ बस्न नसक्दा कर्मचारी र जनप्रतिनिधिबिचको सम्बन्ध सुमधुर हुन सकेन

Thearaniko Times 1394+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेकाे पहलमा काभ्रेपलाञ्चोक जिल्लाका सरकारी कार्यालय प्रमुखहरूसंग अन्तरक्रिया सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमको अध्यक्षता र बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीको प्रमुख आतिथ्यतामा धुलिखेलमा अर्न्तक्रिया भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख सचिव कार्कीले कर्मचारी समायोजन हुन नसक्नुमा कर्मचारीका संघ संगठनहरु प्रमुख समस्या भएको बताएका छन्। कर्मचारी कुनै न कुनै दल निकटका हुने र राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसक्नु नै अहिलेको मुख्य चुनौति भएको उहाँको भनाइ थियो। संविधान घोषणा भएकाे यतिका समय बितिसक्दा पनि कर्मचारीको नियमावली बन्न नसक्नुमा राजनीतिक हस्तक्षेप र स्वार्थ बाझिंएको कारण समस्या भएको प्रदेशका प्रमुख सचिव कार्कीले बताए। उहाँले राजनीतिक रूपमा कर्मचारी तटस्थ बस्न नसक्दा कर्मचारी र जनप्रतिनिधिबिचको सम्बन्ध सुमधुर हुन नसकेको बताउनुभयो ।

 कर्मचारीको आचारण सुधार हुन आवश्यक रहेको बताउँदै उहाँले यो अन्तक्रियाबाट आएका सुझावहरूलाई कार्यान्वयनका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बागमती प्रदेश प्रमुख सचिव कार्कीले सेवा प्रवाहमा चुस्तता ल्याउन  आग्रह गर्नुहुँदै सरकारी कार्यालयको सेवाप्रति नागरिकको वितृष्णा बढ्दै गएकोले भरोसा कायम राख्न उहाँको जोड थियो । 

कार्यक्रममा जिसस प्रमुख गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मुलुकको विकासमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर हुन जरूरी रहेको बताउनुभयो । जिल्लाको विकास निर्माणमा कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता अन्तरक्रियाले समस्याको उजागरसंगै  समाधानको लागि भूमिका खेल्ने कुरामा जोड दिनुभयो।

जिससका उपप्रमुख रिमबहादुर तामाङले स्वागत मन्तव्य राख्दै कर्मचारीहरूको आनीबानीमा सुधार आउनुपर्ने बताउनुभयो 

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले सबै कार्यालयहरूलाई सार्वजनिक सेवा प्रवाहमा विशेष ख्याल गर्न अनुरोध गर्नुभयो । उहाँले आफुले गर्नुपर्ने काममा ध्यान दिने हो भने समस्याको समाधान हुने विचार राख्नुभयो।विपद् ब्यवस्थापनमा समेत कुनै ख्याल नगरेर विकास आयोजना सञ्चालन गर्दा समस्या आएको सहायक प्रजिअ पौडेलको भनाइ थियो। एकले अर्कोलाई देखाएर पन्छिने बानीको अन्त्य गर्नुपर्ने बताउँदै कार्य क्षमतामाथि प्रश्न उठ्ने गरी काम नगर्न उहाँले आग्रह गर्नुभयो । 

बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले सुचकहरूलाई एकीकृत गर्नु पर्ने बताउनुभयो । उहाँले कानुन र प्रक्रियालाई पालना गर्ने हो भने जनप्रतिनिधि र कर्मचारीबीचको खडल पुरिने बताउनुभयो । बजेट घटेर आउँदा र समयमै स्वीकृत नहुँदा बजेट खर्च हुन नसकेको बताउनुभयो । ओएनएम स्वीकृत नहुँदा समस्या आएको उहाँले बताउनुभयो ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तना, कृषि विकास कार्यालयका प्रमुख कुल प्रसाद दवाडी, वन डिभिजन कार्यालय धुलिखेलका कृष्ण बहादुर थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले सरकारी कार्यालयबीचको समन्वयात्मक भूमिका निकै कमजोर रहेको र सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पारदर्शिता र सुशासन तर्फ सबै कार्यालयले विशेष ख्याल गर्नुपर्ने उहाँहरुको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार