मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
आठ वामदलबीच एकता सहमति, माओवादी र समाजवादीहरू एउटै राजनीतिक मोर्चामा

Thearaniko Times 1401+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

काठमाडौं । नेपालका आठ वटा वामपन्थी दलबीच राजनीतिक एकता गर्ने सहमति भएको छ। शनिबार नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकपछि एकता सम्बन्धी सहमति पत्रमा दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्ने नेताहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंह रहेका छन्।

बैठकमा सहभागी दलहरूले साझा विचार, नीतिगत दिशा र संगठनात्मक एकता कायम गर्दै ‘एकीकृत वाम राजनीतिक शक्ति’ निर्माण गर्ने लक्ष्य लिएका छन्। सहमति पत्रमा समाजवाद उन्मुख लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, समानुपातिक समावेशिता र सुशासनका मूल्यमा आधारित नयाँ पार्टी निर्माण गर्ने उल्लेख गरिएको छ।

एकता प्रक्रियालाई संस्थागत गर्न ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गर्ने तयारी भएको बैठकमा बताइएको छ। साथै, एकीकृत पार्टीको नाम, चुनाव चिन्ह र संगठनात्मक संरचना निर्धारणका लागि विशेष कार्यदल गठन गरिने निर्णय भएको छ।

यसअघि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिले माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट माओवादी केन्द्रको स्थायी समितिले पनि सो प्रस्ताव अनुमोदन गरेको हो।

नेताहरूका अनुसार, वाम शक्तिहरूबीचको यो सहमति मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरणको दिशामा नयाँ प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार