मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

युवा संघको महाकाली मेची यात्रा इटहरीमा भव्य स्वागत

Thearaniko Times 1394+ समाचार ( )
२२ भाद्र २०७९, बुधवार

इटहरी/नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन  युवा संघ नेपालको महाकाली मेची जागरण अभियान सम्बद्ध  युवाहरुलाइ बुधबार प्रदेश १ को इटहरीमा भव्य स्वागत गरिएको छ । युवा संघ नेपालका युवाहरुलाइ  नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य केशव कुमार बिष्ट सहित सुनसरी जिल्ला कमिटीका पदाधिकारी तथा पार्टीको भातृ सङ्गठनका युवाहरुले अबिर लगाएर  स्वागत गरेका हुन् । 

बुधबार साँझ इटहरीमा आइपुगेको युवा संघको  टोलीलाई नेकपा ( एकीकृत समाजवादी ) सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला , सुनसरी इन्चार्ज महफुज आलम, सुनसरी उप सचिव राजेश भण्डारी , इटहरी नगरकमिटी इन्चार्ज केवल फुयाल साथै  विभिन्न भातृ सङ्गठनका युवा तथा पदाधिकारीले भब्य नाचगान सहित इटहरीमा स्वागत गर्दै पूर्वी मेची तर्फको यात्रामा साथ दिएका थिए । 

पश्चिम कञ्चनपुरको महेन्द्रनगरबाट शुरु भएको अभियानमा गतः शुक्रबार बिहान युवाहरुले महाकाली नदीमा नुहाएर अभियानको प्रारम्भ गरेका थिए। भदौ १५गतेदेखि  सुरुभएको जागरण अभियान २३ गते मेची नदीमा पुगेर समापन हुने युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले जानकारी दिनुभयो।

           युवा संघ नेपालले कञ्चनपुरको सिमानामा राष्ट्रिय झण्डा गाडेर राष्ट्रियताको पक्षमा युवाहरु जागरुप छन् भन्ने सन्देश दिँदै अभियानको सुरुवात गरेको थियो। यो अभियान राष्ट्रियता कै पक्षमा भएकाले युवा संघ नेपालले  आफ्ना विभिन्न क्रियाकलापहरु मध्ये जागरण अभियानलाई पनि प्राथमिकतामा राखेर देशव्यापी अभियान सञ्चालन गरेको सचिव  शाहको भनाई छ। महाकाली मेची अभियानले विशेषतः युवाहरूलाई संगठित गर्न सहयोग गर्ने शाहको तर्क छ, साथै युवा सङ्घको संगठन देशभरी छ भने सन्देश  दिनेछ। यसले सतापक्ष र विपक्षलाई पनि युवा सङ्घको जनसंगठन , शक्ति र तागत कति छ भन्ने सोच्न बाध्य हुनुपर्ने शाहले जिकिर गर्नुभयो।

            महेन्द्रनगरबाट सुरुभएको जागरण अभियान बुटवल हुँदै हेटौंडामा शक्ति प्रदर्शनका साथै कोणसभा गरी सम्पन्न भएको छ। हिजो सातौ दिनमा हेटौंडाको कार्यक्रम सकेर युवा सङ्घको अभियान टोली मधेस प्रदेश तिर लागेको थियो। अभियान टोली मधेस प्रदेशको सिराहाको बन्दिपुर पुगेर कोणसभामा गरेको छ। तराइका २२ जिल्ला समेटेर महाकाली बाट मेची पुगेर काठमाडौंमा भव्य आमसभाका साथ अभियानको  समापन गरिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

बीरु बल तामाङ ६ माघ २०८०, शनिबार

यथार्थमा भएको यहि हो भन्ने प्रमाणित हुँदैछ,सामाजिक संजालमा विभिन्न तरिकाले गालिगलोज,टिकाटिप्पणी भइ रहेकोछ,तथ्य बुझेरमात्र कमेन्टगर्न अनुरोध गर्छु, सहिद देशको हाे र अम्मर रहन्छ।वार्ताको माध्यमबाट समस्याको समाधान निकालौ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार