मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

भीमसेनेश्वर माविको ३९ औं वार्षिकोत्सव संपन्न

Thearaniko Times 1394+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

बेथानचोक/ बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको भीमसेनेश्वर माध्यमिक विद्यालयले आफ्नो ३९ औँ वार्षिक उत्सव एवं ४० औँ जन्मोत्सव समारोह गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विद्यालयले गरेको अनुसरण योग्य कार्यको प्रशंसा गर्दै मिलेर शैक्षिक तथा भौतिक सुधार गर्न तयार रहेको बताउनुभयो । उहाँले समाजमा विद्यमान समस्याको समाधानका लागि शिक्षा पहिलो शस्त्र रहेको बताउँदै शिक्षा प्रदान गर्ने कर्ममा भीमसेनेश्वर माध्यमिक विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोकमा भीमसेनेश्वरले शिक्षण सिकाइमा रचनात्मक गतिविधि गर्दै गएको र भावी दिनहरुमा थप सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष राजकुमार वाइबा, संस्थापक प्रधानाध्यापक रामशरण के.सी, पूर्व अध्यक्ष पाल्चेन लामा, आत्मविकास मा.विका शिक्षक लालकृष्ण फुँयाल लगायतले विद्यालय सामुदायिक विद्यालयले समय सापेक्ष शिक्षा दिन सक्षम हुनु पर्ने बताउँदै त्यो मार्गमा लाग्न भिमसेनेश्वरलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा विद्यालयका संस्थापक, जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि  बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, ५ नं वडा अध्यक्ष राजकुमार वाइबा लगायतले उक्त  सम्मान गर्नु भएको थियो ।

 त्यसैगरी कार्यक्रममा संस्थापक प्रधानाध्यापक रामशरण के.सीलाई विद्यालय स्थापना र कठिन परिस्थितिमा सञ्चालन गरेबापत विशेष सम्मान, पूर्व प्रधानाध्यापक तथा शिक्षक राजेन्द्र तिमल्सिनालाई बिदाइ तथा सम्मान, पूर्व प्रधानाध्यापक तथा शिक्षक जयबहादुर के.सी र सहायक प्रधानाध्यापक रघुनाथ दाहाललाई दीर्घसेवी शिक्षकको रूपमा सम्मान अर्पण गरिएको थियो । इतिहासमै पहिलो पटक आफ्नो जन्मोत्सव मनाएको यस विद्यालयले विभिन्न सहयोगी दाता एवं विभिन्न भूमिका रहि योगदान पुर्याउनेहरूलाई कदर–पत्र प्रदान गरेको छ । जादुगर तथा हाँस्यव्यङ्ग्य कलाकार राजेन्द्र गिरीद (गुन्द्रुके), जादुगर डान्सर मिना राई गिरी, गायक आ.एस राजगोपाल, गायक जनक लामा, सर्जक उमेश श्रेष्ठ, गायक सुन्दर सुनाम लगायतले आफ्नो प्रस्तुति दिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूले समेत आफ्नो साँस्कृतिक कला प्रस्तुत गरेका थिए ।

प्रधानाध्यापक देवराज लामाले कार्यक्रमको औचित्यता र विद्यालयको समग्र गतिविधि माथी प्रकाश पारे भने पूर्व प्रधानाध्यापक एवं शिक्षक जयबहादुर के.सी ले सबैलाई स्वागत गर्नुभयो । झण्डै ३०० भन्दा बढी अभिभावक एवं विद्यार्थीहरूको उपस्थितिमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको कार्यक्रममा सहायक प्रधानाध्यापक रघुनाथ दाहाल, शिक्षक छवि श्रेष्ठ, भगवान खत्री लगायतले मन्तव्य राख्नु भएकोथियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धावा लामाको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार