मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि, काभ्रेबाट २ सय २० खेलाडी सहभागी रहने

Thearaniko Times 1394+ समाचार ( )
३ जेठ २०८०, बुधवार

बनेपा। बाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको काभ्रेबाट  २२० जना खेलाडीबनेपा। बाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको काभ्रेबाट  २२० जना खेलाडी छनोट भएका छन् ।

जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट ती खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका हुन् ।

विभिन्न विधामा छनोट भएका खेलाडीहरुलाई बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईले प्रमाणपत्र वितरण गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविय वाइवाले जानकारी दिनुभयो ।

छनोटमा परेका खेलाडीले जेठ ७ देखि मकवानपुरमा सञ्चालन हुने प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यसैबीच प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको छ ।

प्रतियोगिताका लागि रु ९ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने छन् । यीमध्ये उसु र जुडो काठमाडौँमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ ।

फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताए। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने तय भएको  छ ।

प्रतियोगितामा विभिन्न बिधामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताए । पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार