मुख्य समाचार
स्कारपियोबाट ९.१७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ | काठमाडौं विश्वविद्यालय : गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास | डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित, अधिकांश पदमा कडरिया नेतृत्वको प्यानलको जित | कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा | एसईई नतिजा कहिले आउँछ? | खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा | जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्र विरुद्ध लाग्न प्रचण्डको निर्देशन | सभापति शेरबहादुर देउवाले गरे भक्तपुर क्षेत्र नं. २ कार्यालयमा भ्रमण | साहित्यकार गोकुल व्याकुलको पुस्तक भूकम्पका कथा–व्यथा’ सार्वजनिक | नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा |

पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम
पतञ्जली महिला योग समिति काभ्रेको तीज विशेष कार्यक्रम

Thearaniko Times 1123+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

काभ्रे/पतञ्जली महिला योग समिति काभ्रेले तीज विशेष कार्यक्रम गरेको छ । तीज कार्यक्रममा बोल्ने वक्ताहरुले मौलिकता जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिकाका उपमेयर बिमला सापकोटा दाहालले तीजको मौलिकता जगेर्ना गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उपमेयर सापकोटाले तिजलाई दिदीबहिनीको भेटघाटसँगै मौलिकता संरक्षणमा ध्यान दिनुपर्ने बताएकी थिइन् । उहाँले सभ्य र भव्य रूपमा मनाउन आग्रह गर्दै तिज पर्व पहिलेको भन्दा अहिलेको अवस्था फरक भएकाले समय अनुसार बदलिए पनि आफ्ना मौलिकपनमा ध्यान दिन आग्रह गरेकी थिइन् । उहाँले योग अभ्यासद्वारा शारिरिक तथा मानसिक तनावबाट मुक्त हुने भन्दै योगहरु नियमित गर्न आग्रह गर्नुभयो । उहाँले योगले सकारात्मक सोच विकास गर्न सघाउने बताउनुभयो ।

महिला पतञ्जली योग समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिति बागमति प्रदेशका ग्रोवेन तौजले र जिल्ला अध्यक्ष प्रकाश कायष्थ लगायतले तिज पर्वको शुभकामना दिदै योगले सबै मानिसलाई निरोगी बनाउने भएकाले योगमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै पतञ्जली महिला योग समिति काभ्रेका जिल्ला उपाध्यक्ष कमला राजभण्डारीले योग साधनाको माध्यमबाट स्वास्थ्यसँगै सभ्य समाजका लागि जुट्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा तीज गायनसँगै एकल तथा सामुहिक नृत्यहरु प्रस्तुत भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार