दीपक जंगम
सोमबार खुल्ला मञ्चमा गौरा पर्वको लागि कार्यक्रमको सभा बढाउन पुगेका प्रधानमन्त्री के.पी. शर्मा ओली र शेर बहादुर देउवा नारावाजीको झण्डै निसानामा परेनन् । गौरा पर्वलाई शुभकामना दिन पुग्नु भएका विभिन्न पार्टीका नेता लगायत अन्य व्यक्तिहरुको बिचमा हाकाहामी जन मानसको हुटिङबाट प्रधानमन्त्री र शेर बहादुरलाई किन नारा लगाउनुप¥यो त्यो त सबैलाई थाहा छ । जनता जर्नादन हुन र जनता खबरदारी गर्ने महानायक पनि हुन् । ओलीलाई प्रधानमन्त्रीको रुपमा आमन्त्रण गर्ने प्रमुख अतिथिको रुपमा गहन, घत लाग्दो देश प्रेमको कुरा सुन्ने, विकास निर्माण र सम्वृद्धिको रटान सुन्नको लागि तम्तयार भएर बसेका विशाल जनताले ओली फिर्ता जाउ भनी किन भने ? ओलीले प्रधानमन्त्रीको रुपमा जनताको जवाफ सयंम् ढंगबाट दिनुपर्नेमा भेलामा जम्मा भएका जन सागरलाई अर्ती उपदेश मात्र दिएनन् नैतिकता र अनुशासनको पाठ पनि पढाएर आफु उम्कने प्रयास गरी मञ्चबाट नै कुलेलाम ठोक्नुप¥यो भने नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले त झनै आक्रामक शैलीमा आफ्नो पदीय मर्यादा हैसियतलाई चटक्कै बिर्सेर जति कराउँछौ कराउ लाज नभएकाहरु यही हो तिमीहरुको सँस्कृती ? बदमासहरु कार्यक्रम बिथोल्ने ? यही सिकेर आएको हो ? भन्दै थोरै समयमा नै मञ्चबाट भाग्नुपर्ने अवस्था सिर्जना हुँदा अब जनताले लखेट्ने दिन सुरु भएछ भन्ने आम जनता र मतदातामा पर्नु स्वभाविक नै हो ।
गौरा पर्व सुदुर पश्चिमको एउटा मौलिक र महत्वपूर्ण पर्व हो । पर्वलाई हर्ष उल्लासको साथ मनाउनुपर्दछ र मनाउन दिनुपर्दछ । खुल्ला मञ्चमा उक्त कार्यक्रम हेर्न तथा शुभकामना दिन आउने जनताले किन प्रधानमन्त्री ओली र काँग्रेसका सभापति शेर बहादुरलाई नारा लगाए त ? यसको जवाफ खोज्ने हो कि उल्टै जनमानसलाई गाली गर्ने ? उत्तेजनामा आएर अर्ती उपदेश दिएर समस्या समाधान हुनेवाला छैन । देशमा पाँच पटक सम्म प्रधानमन्त्री भएका काँग्रेसका सभापतिले बदमास र लाज नभएका हरु भन्दा त्यहाँ ढुंगा मुडा भएको भए त्यहाँको अवस्था कस्तो बन्थ्यो होला ? जनताले भोट दिएर पठाएका नेताको बोली व्यवहार जनमैत्री हुनुपर्ने की सामन्ती पाराको हुनुपर्ने ? शेर बहादुर देउवाले नाराको बीचमा राम्रो कुरा गरेको भए के जानथ्यो देउवाको ? नेता भएर बोल्न जान्नु पर्दछ र पार्टीको इज्जत बचाउन पनि सिक्नुपर्दछ । जनताले माया गरेर मतदान गर्दा संसदीय दलका नेता भएका काँगे्रसका सभापति निर्वाचित भएर पटक–पटक सत्तारोहण गर्दै हाल टिकापुरको फाइल लगायत भुटानी शरणार्थीको डरलाग्दो मुद्दालाई रातारात एउटा कुनामा थन्काउन सक्ने र आफ्नै श्रीमती आरजु देउवा राणालाई परराष्ट्रमन्त्री बनाउन सक्ने व्यक्तिलाई कम आँक्न मिल्दैन र भर्खरै भारतको भ्रमणमा प्रधानमन्त्रीको सरह सम्मान पाउने आरजु नेपालको भन्दा भारतको नेताहरुको नजरमा सा¥है मन परेकी नेपाली परराष्ट्रमन्त्री होलीन् त्यो त विदेश भ्रमणको बेला भारतमा नेपालको हितमा के कुरा भयो वा भएन भन्ने कुरा विगतका भ्रमणहरुबाट नै हामी नेपाली जनताहरुलाई थाहा नभएको होइन ।
पटक–पटक आन्दोलन गरेर सामन्ती शासकहरुलाई सत्ताबाट मिल्काएको इतिहास आन्दोलन गर्ने जनतालाई राम्रैसँग थाहा छ । जनताले जति दुःख पाएपनि पटक–पटक आन्दोलन सफल नभएको इतिहास छैन भने आन्दोलन ले सार्थक परिणाम दिएको पनि छ । राणा शासनको अन्त्य गरी प्रजातन्त्र, पञ्चायती व्यवस्थाको अन्त्य गरी लोकतन्त्र र राजाको शासन अन्त्य गरी गणतन्त्र पनि ल्याएको होइन, र ? जनताले आन्दोलनबाट ल्याएको परिवर्तनमा पटक पटक सत्तामा गएको काँग्रेस २०५४ सालपछि पटक पटक सत्तामा टाँसिएको एमाले धेरै पटक सरकारमा गयो धेरै नै जनतालाई मिठा–मिठा सपना बाँड्यो तर तल जनताको लागि आत्म निर्भर बन्ने कति काम ग¥यो त ? किसानको लागि कति ग¥यो ? मजदुर श्रमिकको लागि कति काम ग¥यो ? कति वटा उद्योग खुले ? नेपाली युवाहरुलाई विदेश जानबाट रोक्ने योजना लगायत रोजगारीका अवसरहरु कति खुले नेपालमा ? सधै प्रजातन्त्र, लोकतन्त्र फलाक्न नछोड्ने काँग्रेस सधै समृद्धि ल्याउने भष्ट्रचार नगर्ने एमालेको भाषणबाट आज जनताहरु वाक्क दिक्क भएका छन् । सिन्को भाँच्न नसक्ने विदेशी प्रभुको सल्लाहबाट देश सक्ने प्रतिनिधी चुनेर हामीले कति पटक पठाउने संसदमा ? चेतना स्तर अब नउठ्ने हो भने नेपाललाई अर्काको हातमा सुम्पन पछि नपर्लान भन्ने छैन काँग्रेस एमालेहरु ।
पाना हराएको किताब पढेर त्यहाँ भित्रको वास्तविक तथ्य पत्ता लगाउन सकिन्न भने झै काँग्रेस एमालेको योजना झुटको पुलिन्दा हो भन्ने जान्दा जान्दै किन पटक–पटक हाम्रो आत्मा बेच्नबाट चत्दैनौ हामी ? नेपाली जनताको आफ्नै इतिहास छ, आफ्नै सँस्कृति छ, हाम्रा नदीनाला, पहाडपर्वत, हिमाल लगायत असँख्य खानी तथा जडिबुटीबाट धनी बन्ने देशमा देश बनाउने बहानामा अर्काले दिएको जुठोपुरोबाट कतिदिन देशलाई चलाउन सक्छौ ? जनताको घर–घरमा गएर खाएको बाचा कसम आज जनताको लागि कति पुरा ग¥यौ ए सरकारका धमिराहरु ? देशलाई बनाउन होइन, देशलाई सक्ने गरी तिनीहरुलाई अब पनि मतदान गर्नुपर्ने ? लाज सरम पचेका व्यक्तिहरु पटक–पटक जनतालाई ढाँटेर अकुत पैसा खर्च गरेर चुनाव जित्ने सपनालाई जबसम्म हामीले चक्नाचुर पार्न सक्दैनौ तबसम्म हाम्रो सुखका दिन आउने छैनन् । हेर आज यो देशको अवस्था कहाँ छ रोजगार ? देशले चित्त बुझाउन सक्ने र बिहान बेलुका छाक टार्न रोजगारको सिर्जना कहाँ छ ? मुखले समृद्ध ल्याएको कति वर्ष भयो ओली जी ? अब तिमीहरुको शासनबाट नेपाली जनताहरु दिक्क भएका छन् । अब झुठा कुरा गर्न छाडेर राजनीतिबाट सन्यास लिनु नै नेपाल र नेपालीहरुको हितमा छ । अब समृद्धिको ज्वालामुखी ल्याउन र नेपाली जनताको लागि सुखको दिन ल्याउन र नेपाली जनताको अभियानमा एकाएक भएर जनताहरु जाग्नु जरुरी भइसकेको छ । गौरा पर्वबाट खुल्ला मञ्चमा जनताको आक्रोस अब सबैतिर फैलिनु जरुरी छ । गणतन्त्रका महाराजाहरुलाई जनताले तिरेको करबाट कति दिन पाल्ने ? जनतालाई केही नगर्ने शासक जनताको शासक होइन । जनताले अब हिम्मत गर्नुपर्दछ । आज गाउँमा सुनसान छ, उत्पादन छैन, रोजगार छैन । मेरो देश नेपाल भनेर यही देशमा आफ्नो पसिना बगाएर सीप रोप्नु जरुरी छ । त्यो काम काँग्रेस एमालेबाट भएन र माओवादी पनि दश वर्षे जनयुद्धका उपलब्धी जोगाउने भन्दा पनि कसरी पैसा कमाउने ? कसरी धनी बन्ने ? कसरी सम्पत्तिको मालिक बन्ने ? भन्ने सोचमा डुबेर आज धेरै नै धनी बनेर गणतन्त्रका महाजन बनेका छन् । गणतन्त्रका ठेकेदारहरु आज सत्ताधारी भई ब्रम्हलुट गरी जनतालाई पलपलमा रुवाउने अपारधी सरकार चाहिऐको थिएन । जनतालाई माया गर्ने सरकारको र पार्टीको खाँचो थियो तर जनतालाई पलपलमा तड्पाउने पार्टी र तीनबाट बनेका सरकारबाट अब नेपालीको हीत हुने र नेपालको उन्नती प्रगति हुन्छ भन्ने सोच्यो भने विश्वकै मुर्ख साबित हुनेछौं, हामी नेपाली मतदाताहरु अब ।
जनताले खुल्ला मञ्चमा हुटिङ गरेर साच्चिने मौका दिदा जनतालाई नै बदमास भन्न सक्ने कस्तो नेता र पार्टी छानेका रहेछौं हामी सुदुरपश्चिम डडेलधुरामा मतदाताले ? अब हामी मतदातले प्रत्येक जिल्ला जिल्लामा अपराध गर्ने पार्टी तथा नेतालाई पहिचान गरी आगामी चुनावमा राम्रो उम्मेदवारलाई मत दिएर विजयी बनाउन सकेनौं भने त्यसको परिणाम हामीले नै भोग्नुपर्दछ भने हाम्रा सन्ततीको भविष्य पनि हामीले सुरक्षित गरेर राख्न सक्ने अवस्था हामीसँग हुने छैन । देश र जनतालाई कति झुठो बोल्छौ अब पनि ? कति तिमीहरु विदेशीको इसारामा नेपाल र नेपालीलाई सिद्धाउन खोज्छौं ? खुल्ला मञ्चको सुरुवाती नारालाई जनताको आवाजको रुपमा सम्बोधन गरेनौ भने तिमीहरुको दिन अब टाढा छैन र देशबाट तिमीहरुलाई लखेट्ने दिन नआओस् सद्बुद्धि फिरोस् अन्यथा बंगलादेशको अवस्था नआउला भन्न सकिन्न चेतना हुनु जरुरी छ । अब जनता पनि चेत्नुपर्ने अवस्था आइसकेको छ ।
लेखक कानून व्यवसायी हुनुहुन्छ ।