मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा, १४ बुँदे प्रस्ताव पारित गर्दै बैठक संपन्न

Thearaniko Times 1369+ समाचार ( )
२३ माघ २०७९, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो  ।

पार्टीको पाँचौं केन्द्रीय कमिटीको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो –बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा अव ‘संगठन सुदृढिकरणका लागि अबको जेठ महिनासम्मका लागि स्थानीय कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं ।

फागुनमा जिल्लाले त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गठन गर्दै जेठसम्ममा कमिटी पुनर्गठनका काम सम्पन्न गर्नेछन् । र आउँदो फागुन महिनाभित्र राष्ट्रिय महाधिवेृशन गर्छौं । हाम्रो ध्यान त्यतातिर हुनेछ ।’

शनिवार र आइतबार ललितपुरको बालकुमारीमा चलेको केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले १४ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । समसामयिक प्रस्तावहरू निम्न रहेका छन् ।


१। नेपाली किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाएर कृषि उत्पादनलाई सडकमा फाल्नुपर्ने स्थिति सिर्जना भएको अवस्थाप्रति यो बैठक गम्भीर भएको छ । कृषि उत्पादनको बजारको उचित व्यवस्था गर्न, विदेशी कृषि बस्तुको आयातमा नियमन गर्न र पीडित किसानलाई राहत दिन यो बैठक सरकार समक्ष माग गर्दछ ।

२। आर्थिक अभाव, बेरोजगारी, चर्को व्याज असुली, मिटर ब्याजी ऋण, दलाल र विचौलियाको ठगी, वैदेशिक रोजगारीमा उत्पन्न बेतिथि जस्ता आर्थिक(सामाजिक कारणले युवा समुदायमा व्यापक निराशा बढ्न थालेको छ । यसले गर्दा आत्मदाह र आत्म हत्याको संख्या दिनानुदिन बढ्दै गएको छ । यस्ता समस्यालाई गम्भीरतापूर्वक मनन गर्दै यो बैठक युवा समुदायलाई प्रोत्साहित गर्ने आर्थिक(सामाजिक कार्यक्रम ल्याउन र मनोपरामर्श तथा मानसिक स्वास्थ्यमा उचित ध्यान पुर्‍याउन सरकारसँग माग गर्दछ ।

३। दलाल पूँजीपति , कमिसनखोर, कालाबजारी, सूदखोर , भूमाफिया, विचौलिया तथा भ्रष्टाचारीको विरुद्धमा एकीकृत आन्दोलन सिर्जना गर्न यो बैठक सम्पूर्ण बर्ग, तह र समुदायका जनतालाई आह्वान गर्दछ ।

४। काठमाडौको बागमती किनारा लगायत देशका विभिन्न ठाउँमा बसोवास गर्दै आएका सुकुमबासीहरूको उपयुक्त व्यवस्थापन गर्ने   कार्ययोजना बेगर बलपूर्वक उठाउने कार्यको यो बैठक भर्त्सना गर्दछ र वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।

५। यो बैठक आम किसानहरूका लागि बिउ तथा मलखादको समुचित व्यवस्था गर्न सरकारसमक्ष माग गर्दछ ।

६। सरकारले धानको समर्थन मूल्य तोकेता पनि खाद्य संस्थाले धान खरीद नगरिदिएकाले किसानहरु ठुलो मर्कामा परेका छन । यो बैठक आफूले तोकेको मूल्यमा किसानबाट धान खरीद गर्ने व्यवस्था सरकारले गारोस्भनी माग गर्दछ ।

७। सुदूरपश्चिममा पटक पटक गएको भूकम्पले बझाब , डोटी लगायतका क्षेत्रमा धनजनको ठूलो क्षति पुर्‍याएको छ । यो बैठक भूकम्प पीडित जनताको लागि उपचार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसमक्ष माग गर्दछ ।

८। यो बैठक देशका विभिन्न भागका दलित, महिला, मुस्लिम, आदिवासी, जनजाति माथि विभिन्न नाममा हुने वहिस्कार , विभेद र हिंसाको विरोध गर्दछ र सबै खाले विभेदको अन्त्य गर्नका लागि एकीकृत अभियान सञ्चालन गर्न आह्वान गर्दछ ।

९। हाम्रो पार्टीले मुलुकको विद्यमान आर्थिक सङ्कट समधान गर्नका लागि हालै नेपाल सरकारका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको सुझाव सहितको ज्ञापन पत्र पूर्ण रूपले लागू गरियोस्भनी यो बैठक माग गर्दछ ।

१०। संसदबाट व्याख्यात्मक घोषणासहित पारित एम।सि।सि सम्झौताको कार्यान्वयन व्याखात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म वामोजिम भए नभएको अनुगमन गर्न सरकारले एक उचस्तरीय सर्वदलीय ।।।एम।सि।सि कार्यान्वयन अनुगमन समिति’ गठन गारोस्भनी यो बैठक माग गर्दछ ।

११। सरकारमा सामेल दलका नेता र पदाधिकारीहरुले नै नेपालको संविधानले सस्थागत गरेकोसंघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा अभिवक्ति दिने गरेकाप्रति यो बैठक खेद प्रकट गर्दछ । साथै प्रतिगामी र पुनरुत्थानवादी विचारको विरुद्धमा दृढतापूर्वक उभिन र संविधान तथा लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुन यो बैठक संपूर्ण पार्टी कार्यकर्ता र जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।

१२। नेपालमा बढ्दै गएको राजनीतिक अस्थिरता र घोर दक्षिणपन्थी शक्तिको बढ्दो गतिविधिले संविधान, लोकतन्त्र र रास्ट्रीयतामाथि प्रहार हुनसक्नेतर्पm सचेत रहदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिहरू एकजुट हुन यो बैठक आह्वान गर्दछ ।

१३। समाजवादी कार्यदिशा अँगालेका सम्पूर्ण वामपन्थी र कम्युनिष्ट पार्टीहरुलाई संविधान, लोकतन्त्र र रास्ट्रीय सर्वाभौमिकताको रक्षा गर्दै समाजवाद उन्मुख आर्थिक(सामाजिक रुपान्तरणका लागि एकताबद्ध भई अगाडि बढ्न यो बैठक आह्वान गर्दछ ।

१४। केहि समय अगाडि हाम्रो पार्टी केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरु क। केशरमणि पोखरेल, क। सकल राम र क। बिक्रम राम, पार्टी केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज क। यमुना भुसाल, पार्टी केन्द्रीय परिषद सदस्य क। यमबहादुर नेपाली, पार्टीका बागलुब जिल्ला कमिटीका सदस्य क। भूमिराज शर्मा, बझाब(काठमाडौँ सम्पर्क मञ्चका पुर्व अध्यक्ष धनबहादुर खड्का, पार्टी पोलिटब्युरो सदस्य क। प्रेम आलेकी ममतामयी आमा गंगादेवी आले, पार्टी केन्द्रीय कमिटी सदस्य क। लक्ष्मी देवी चौधरीको सासु दुर्गादेवी विडारी, पार्टी केन्द्रीय सदस्य क। सावित्री मल्लको सुपुत्र पवन मल्ल, पार्टी केन्द्रीय कमिटी सदस्य क। दामोदर अर्यालका पिता बिष्णु अर्यालको दुःखद् निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै यो बैठक निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक शन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार