मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

‎माओवादी केन्द्रको भक्तपुर नगरमा सुवालको नेतृत्वमा नयाँ कार्य समिति चयन
‎माओवादी केन्द्रको भक्तपुर नगरमा सुवालको नेतृत्वमा नयाँ कार्य समिति चयन

Thearaniko Times 1401+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

भक्तपुर । नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगरमा राकेश सुवालको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
‎भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित नमस्ते बैङ्क्वेटमा मंगलबार सम्पन्न तेश्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्दै संगठन निर्माण र नगरवासीको सेवामा लाग्न निर्देशन दिएका थिए ।

‎सो अवसरमा अर्का केन्द्रीय सदस्य डिपी ढकालले आफू मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुँदा भक्तपुर र ख्वप अस्पतालका लागि करोडौं बजेट बिनियोजन गर्न सफल भएको, विद्यालय, सामुदायिक भवन र करिडोरका लागि बजेट छुट्याएको लगायतको फेयरिस्त प्रस्तुत गर्दै नगर समितिले त्यसलाई संस्थागत गर्नपर्नेमा जोड दिए ।
‎त्यस्तै, जिल्ला संयोजक सुनिल गोठे बासुले स्थानीय तहको निर्वाचनमा जित्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै केन्द्रीय अध्यक्ष प्रचण्डको उर्जा र खटाइ अनुशरण गर्न आग्रह गरे ।
‎कार्यक्रममा चाँगुनारायण नगर अध्यक्ष नरेश खड्का, मध्यपुर थिमिका उपमेयर समेत रहेका नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठ र सूर्यविनायक नगर उपाध्यक्ष राजेन्द्र तिमल्सिनाले शुभकामना ब्यक्त गरेका थिए ।
‎सो अवसरमा केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ, तोत्राकुमारी अधिकारी (इन्दिरा) र श्रीराम खाइजू त्यसैगरी केन्द्रीय सल्लाहकार शिवहरी खनाल, संविधान सभा सदस्य सत्यलाल मूल, बागमती प्रदेश सभा सदस्य एवं प्रदेश सचिवालय सदस्य भुवनकेशरी श्रेष्ठ भावना, बागमती प्रदेश समिति सदस्य तुलसीभक्त त्वयना, जिल्ला सचिव जीवन तज लगायतको उपस्थिति रहेको थियो ।
‎नगर सम्मेलनको बन्द सत्रले अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा तत्कालीन अन्तरिम संसदमा सांसद समेत रहेकी नारायण देवी श्रेष्ठ, उपाध्यक्षहरुमा नारायण त्वयना र बिकास लाखे निर्वाचित भएका छन् ।

‎त्यस्तै सचिवमा बिक्रम ह्यङ्गो र सहसचिवमा श्रीकृष्ण कुम्पाख निश्चल निर्वाचित भएका छन्। पदाधिकारीमा अध्यक्ष सुवालसंगै उपाध्यक्ष त्वयना र सचिव ह्यङ्गो दोहोरिए ।
‎सबै पदमा सर्वसम्मत भएको र कोषाध्यक्ष पद भने नयाँ कार्यसमितिको पहिलो बैठकले टुंगो लगाउने माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं भक्तपुर नगर इन्चार्ज उमा कपालीले जानकारी दिनुभयो । तत्कालीन संविधान सभा सदस्य समेत रहेकी नगर इन्चार्ज कपालीले नयाँ कार्यसमितिलाई सपथ ग्रहण समेत गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार