मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

नमोबुद्ध नगरपालिकाको नीति तथा कार्यक्रम पारित

Thearaniko Times 1369+ समाचार ( )
७ असार २०८१, शुक्रबार

काभ्रे/काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले ‘कृषि, पर्यटन र ब्यापारः समृद्ध नमोबुद्धको आधार’ भन्ने मुल नारालाई आत्मसात गर्दै ल्याएको आ.व.२०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । 

आज सभाध्यक्ष एवं नगरप्रमुख कुन्साङ लामाले दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

नीति तथा कार्याक्रममा आर्थिक विकास नीतिअन्तर्गत खाद्यान्न र तरकारीमा आत्मनिर्भर हुँदै व्यापारको नीति अलम्बन गर्ने, रासायनिक मलको अभावलाई परिपूर्ति गर्न नेपाल सरकार र प्रदेश सरकारको समन्वयमा मलको कोटा बढाउन पहल गर्ने, एक गाउँ–एक कृषि तथा पशु प्राविधिक, एक वडा – एक कृषि दुग्ध तथा एक पालिका – एक पशु चिकित्सकको ब्यवस्थापन गरी कृषकको घरआँगनमा विज्ञ कृषि प्राविधिकको सेवा उपलब्ध गराउने लगायत चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास तथा नगरपालिकाले प्रत्येक वडामा नमुना फर्म स्थापना गरी सिकाई केन्द्रको रुपमा विकास गर्ने कार्यक्रम बनाएको छ । वडा नम्बर ३ को दाहालचौरमा निर्माणधिन कोल्डस्टोरको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । दुधमा जस्तै अण्डा र मासुमा पनि आत्मनिर्भर बनाउन बाख्रा, कुखुरा पालन पकेट क्षेत्र पहिनान गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।नमोबुद्ध नगरपालिकाले एक हल गोरु पालि खेती गर्ने किसानलाई र.५ हजार नगद् सहित सम्मान गर्ने नीति सर्वसम्मतिले पारित गरेको छ ।

नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध चैत्य परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नेपाल सरकार र प्रदेश सरकारसँगको समन्वयमा थप पहल गरिने उल्लेख छ । दाप्चा पुरानो बजार, फूलबारी, भेडाबारी , कानपुर, कोटतेमाल र काँक्रे बजारलाई पर्यटकीय एवं सांस्कृतिक क्षेत्रको रुपमा घोषणा गरिने नीतिमा उल्लेख छ ।

बेरोजगार व्यक्तिहरुको पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचिकृत गरी नगरपालिका भित्र सृजना भएको रोजगारीमा सिफारिस गर्ने, सबै घरपरिवरलाई आधारभूत खानेपानी सेवा उपलब्ध गराउने गरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिईने, कक्षा १ देखि ५ सम्म क्रमशः अंग्रेजी माध्यममा पठन पाठन गरिने उल्लेख छ ।

नगरपालिकाले विद्यालयलाई जंक फुड (अस्वस्थकर खाना) मुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ ।

बालमैत्री स्थानीय तह घोषणाको तयारीमा जुटेको नगरपालिकामा निर्माण हुने हरेक संरचनालाई वालमैत्री एवं अपाङ्गमैत्री बनाईने नीति लिइएको छ । ‘सफा शहर सबैको रहर’ भन्ने नीति अनुसार नगरपालिका क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रको साझेदारीमा ‘एकीकृत वैज्ञानिक फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्रको निर्माण गरिने’ नीति तथा कार्यक्रममा छ ।नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाई–फाई नेटको व्यवस्था मिलाईने नीति नगरपालिकाको छ ।

नगर सभाको अर्को बैठक असार १० गते बस्ने तय भएको छ । उक्त दिन नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८१/०८२ को वार्षिक आय तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार