मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
श्री कालिका आधारभूत विद्यालयमा सुदिप पौडेलको आत्मीय सहकार्य

Thearaniko Times 1401+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

भिडाबारी, काभ्रे । कुनै विद्यालय केवल इँटा–सिमेन्टको संरचना मात्र हुँदैन, त्यो जीवनको पहिलो पाठशाला पनि हो। नमोबुद्ध नगरपालिका–३ स्थित श्री कालिका आधारभूत विद्यालय सुदिप पौडेलका लागि त्यस्तै स्मृतिले भरिएको स्थान हो—जहाँ उनले पहिलोपटक अक्षर चिने, क, ख लेख्न सिके।

समय फेरियो, उमेर बढ्यो। तर बाल्यकालका ती स्मृतिहरू मनमै रहे। यही भावनाबाट प्रेरित भएर सुदिप पौडेलले आफूले अक्षर आरम्भ गरेको विद्यालयमा अध्ययनरत साना नानीबाबुहरूका लागि विद्यालय पोसाक (ट्र्याकसुट) वितरण गरे। सबै पोसाक उनले आफ्नै व्यक्तिगत खर्चमा जुटाएका हुन्।

“सानो प्रयासले नानीबाबुहरूको पढाइमा केही भए पनि सहयोग पुगोस भन्ने चाहना हो,” पौडेल भन्छन्। उनका अनुसार सहयोग केवल सामग्री वितरणमा सीमित होइन, यो विश्वासको सन्देश पनि हो—सरकारी विद्यालयमै कम खर्चमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने।

अर्को भावनात्मक पक्ष भनेको गुरु–शिष्य सम्बन्ध हो। सुदिपलाई अक्षर चिनाउने गुरु पुष्पराज भुर्तेल आज पनि सोही विद्यालयमा प्रधानाध्यापकका रूपमा अध्यापन गराइरहनु भएको छ। आफ्ना गुरुको निरन्तर योगदानको प्रशंसा गर्दै पौडेल भन्छन्, “उहाँजस्ता गुरुका कारण नै सरकारी विद्यालयप्रति अभिभावकको भरोसा बढ्न सक्छ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल भुर्तेलको परिवारको सहभागिता पनि उत्तिकै अर्थपूर्ण रह्यो। अध्यक्ष भुर्तेलले आफ्ना सुपुत्रको जन्मदिनको अवसर पारेर विद्यार्थी भाईबहिनीहरूलाई कापी र कलम वितरण गरे। व्यक्तिगत खुशीलाई सामूहिक सरोकारसँग जोड्ने यो कदमले कार्यक्रममा थप आत्मीयता थप्यो।

विद्यालय परिसरमा साना नानीबाबुहरूको मुस्कान, अभिभावकको भरोसा र शिक्षकहरूको उत्साहले कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो। विद्यालय परिवारले मायालु आतिथ्यसहित सहयोगकर्ताप्रति आभार व्यक्त गर्दै यस्ता पहलले शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्‍यो।

श्री कालिका आधारभूत विद्यालयमा भएको यो सानो प्रयासले ठूलो सन्देश दिएको छ—जन्मभूमि र पहिलो पाठशालाप्रति कृतज्ञता व्यक्त गर्ने सबैभन्दा सुन्दर तरिका भनेकै शिक्षा र बालबालिकामा लगानी गर्नु हो।

प्रतिक्रिया

सुदिप पाैडेल ३० मंगशिर २०८२, सोमबार

धेरै धेरै धन्यबाद द अरनिकाे टाईम्सलाई

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार