मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

अग्नि सापकोटा पुनः राजनीतिमा फर्किए : माओवादी केन्द्रको उपाध्यक्षमा सापकोटा र पम्फा भुसालको बढुवा

Thearaniko Times 1394+ समाचार ( )
२६ माघ २०७९, बिहीबार

काठमाडौं । महाधिवेशन भएको लामो समयपछि नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरियता निर्धारण गरेको सूची सार्वजनिक गरेको छ ।

पूर्वसभामुख अग्नि सापकोटा सक्रिय राजनीतिमा फर्किएका छन् । नेकपा माओवादी केन्द्रको पदाधिकारीमा नेता सापकोटाको इन्ट्री भएको छ । संघीय संसदको अघिल्लो कार्यकालमा सभामुख चयन भएपछि पार्टी राजनीतिमा नरहेका उनी कार्यकाल सकिएसँगै उपाध्यक्ष चयन भएका हुन् ।

पार्टीको माघ २१ गते सम्पन्न स्थायी समिटीको बैठकको निर्णयअनुसार उनलाई उपाध्यक्षमा चयन गरिएको हो । माओवादी केन्द्रका एक नेताले सापकोटालाई उपाध्यक्ष महरापछिको बरियता रहनेगरी उपाध्यक्ष चयन गरिएको जानकारी दिए ।

ती नेताका अनुसार यसअघि उपमहासचिवको जिम्मेवारीमा रहेकी नेतृ पम्फा भुसालको पनि बढुवा भएको छ । उनलाई सापकोटासँगै उपाध्यक्षमा चयन गरिएको ती नेताको भनाइ छ । उनका अनुसार २२ सदस्यीय पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यसैगरी उपाध्यक्षमा महरा, सापकोटा र भुसाल चयन हुँदा महासचिवमा यसअघि नै देव गुरुङ चयन भइसकेका छन् । यस्तै उपमहासचिव ६ जनामा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोलप्रसाद गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका प्रसाद यादव रहेका छन् भने सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराज आचार्य र सुरेन्द्र कुमार कार्की रहेका छन् । यस्तै कोषाध्यक्षमा श्रीमान ढकाल रहेका छन् । माओवादी स्थायी कमिटीको बैठकअनुसार १३ बुँदे सर्कुलर पनि पठाइएको ती नेताको भनाइ छ ।

त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।

केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको नामावली तल इपेपरमा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार