मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

संघिय र प्रदेशको निर्वाचनपछि गोकुल बाँस्कोटाहरु झ्याल ढोका थुनेर रुने दिन आउँछ–मन्त्री चौधरी

Thearaniko Times 1372+ समाचार ( )
७ श्रावण २०७९, शनिबार

दिनेश राज खरेल 

        धुलिखेल/नेकपा (एकीकृत समाजवादी)का नेता तथा शहरी विकास मन्त्री  मेटमणि चौधरीले सधैं आफ्नो मर्यादामा बसेर जनताको सेवा गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएका छन् । नेकपा एकिकृत समाजवादी काभ्रेको जनवर्गीय संगठनहरुले २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री चौधरीले छोटो समयको लागि मन्त्री  भएपनि पार्टीको  बदनाम हुने कार्य आफुले नगर्ने प्रतिबध्दता ब्यक्त गर्दै सचेतपूर्वक कार्य गर्न जनप्रतिनिधिहरुलाई अपिल गरेका हुन् । मन्त्री चौधरीले संघिय र प्रदेशको निर्वाचनपछि गोकुल बाँस्कोटाहरु झ्याल ढोका थुनेर चुकुल लगाएर धुरुधुरु रुनुपर्ने दिन आउने बताए ।

            विशिष्ट अतिथि पूर्व संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले जनप्रतिनिधिलाई जनताको आधारभूत आवश्यकता पूरा गर्नेतर्फ ध्यान पु¥याउन सकेमात्र समाजवादको अर्थ लागू हुने बताए । जनप्रतिनिधिले गुणस्तरीय सरकारी शिक्षा, स्वास्थ्य, स्वरोजगार, दलित मुक्ति, लैङगिक समानताका विषयमा जनतालाई जोडनुपर्ने उनको भनाइ छ।

          नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइबाले राम्रो काम गरेको कारणले जनताले हामीलाई मत दिएर जिताएको बताउदै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि एकीकृत समाजवादि काभ्रेमा अगाडि हुने बताए ।  प्रदेश सांसद लक्ष्मण लम्सालले नेकपा(एकीकृत समाजवादी) दुई ढुंगाको बीचबाट उम्रिएको पीपल हो, अब पीपलको बोट हुर्केको छ, यसको हाँगाबिगाले सम्पुर्ण काभ्रे जिल्ला ढाक्ने बिश्वास रहेको बताए । जिल्ला समन्वय समितिका अध्यक्ष दिपक कुमार गौतमले  बधाई तथा शुभकामना लिइरहँदा पासपोर्ट बोकेर विदेश हिडेका युवालाई रोक्ने जिम्मेवारी आएको स्मरण गरे । आगामी दिनमा काभ्रेका जनतालाई सुखी र खुशी रहन सक्नेगरी काम गर्न जनताले तेस्रो बनाएर पठाएको जिकिर गौतमले गरे ।

       युवासंघ नेपालका केन्द्रीय सचिब भेषराज शाहले समाजवादको सिध्दान्त  अनुरुप सर्वहारा जनताको सेवामा लाग्ने जनप्रतिनिधिको साथमा सधैं  युवासंघ नेपाल रहने प्रतिज्ञा ब्यक्त गरे । नेकपा एकीकृत समाजवादीका जनप्रतिनिधिले सधैं राम्रो काम  गर्ने आशा ब्यक्त गर्दै , नराम्रो काम गरेको समाचार लेख्न नपरोस भनी समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सन्तोष चौलागाईंले सचेत गराएका थिए।

नेकपा एकिकृत समाजवादी काभ्रेको जनवर्गीय संगठनले २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । धुलिखेलको मिरावेल होटलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा, वडा अध्यक्ष सचितानन्द के.सी., रामशरण दुलाल, मोतिलाल लामा र जयराम के.सी. लगायत सम्पुर्ण वडा सदस्य र कार्यपालिका सदस्यहरुलाई सम्मान गरि बधाई तथा शुभकामना दिइएको थियो  । उक्त कार्यक्रममा  अखिल नेपाल महिला संगठन काभ्रे कि अध्यक्ष पासाङ डोल्मोे तामाङको सभापतित्व, अखिल नेपाल विद्यार्थी संगठनका जिल्ला अध्यक्ष बदन भण्डारीले संचालन र दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष मनिष बर्देवाले  स्वागत  मन्तब्य राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार