मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |

काभ्रेका सबै पालिकाले प्रस्तुत गरे नीति तथा कार्यक्रम र बजेट

Thearaniko Times 1073+ समाचार ( )
१० असार २०८१, सोमबार

काभ्रे/संवैधानिक व्यवस्था अनुसार असार १० गते स्थानीय सरकारले अनिवार्य रुपमा लयाउनु पर्ने नीति तथा कार्यक्रम र बजेट जिल्लाका अधिकांश पालिकाहरुले प्रस्तुत गरेका छन् । यस अघि नै असार ५ गते धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पास गरिसकेको थियो भने नमोबुद्ध नगरपालिकाले असार ७ गते नीति तथा कार्यक्रम र पनौती नगरपालिकाले असार ९ गते आईतबार नीति तथा कार्यक्रम पास गरी बजेटको अंक मात्रै प्रस्तुत गरेको थियो ।¹

आज सोमबार असार १० गते बनेपा, बेथान्चोक, पाँचखाल, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटको अंक प्रस्तुत गरेका छन् । अधिकांश पालिकाहरुले गत वर्षको भन्दा कम अंकको बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहको अधिकांश योजना पूर्वाधार निर्माणमा जोड दिएको छ । तोकिएका कार्यक्रम बाहेक अधिकांश स्थानीय तहहरुले पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेका छन् ।

धुलिखेल नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजारको बजेट सहित नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको थियो ।

नमोबुद्ध नगरपालिकाले असार ७ गते नीति तथा कार्यक्रम पारित गरेको थियो । नमोबुद्ध नगरपालिकाको आज बसेको नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको लागि ७७ करोड १० लाख ४६ हजार ४४३ रुपैयाँको बजेट ल्याएकोमा सर्वसम्मत्  पारित गरेको छ ।  

जिल्लाको महाभारत गाउँपालिकाले असार ७ गते नीति तथा कार्यक्रम र आज बजेट ल्याएको थियो । महाभारत गाउँपालिकाले ५६ करोड ९४ लाख २८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम र बजेट आज बसेको गाउँसभाले सर्वसम्मत पारित गरेको छ । 

आज बनेपा नगरसभाले १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  

असार ९ गते पनौती नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नगरसभा मार्फत सर्वसम्मत पारित गरेको छ । पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ६० करोड अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाको नगर सभामा नगरप्रमुख टोकबहादुर वाईबाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुमणी नेपालले ८२ करोड, ७७ लाख, ८६ हजार बजेट प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रम र बजेट अध्ययनका लागि सभाका सदस्यहरुलाई दिइएको छ । अर्काे बैठक यही असार २४ गते बस्नेछ । 

बेथान्चोक गाउँपालिकाले पनि आजै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । उपप्रमुख तारा रानाले आगामी आ.व.का ६४ करोड १२ लाख बजेट प्रस्तुत गर्नुभएको छ । 

तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँ बजेट सहित नीति तथा कार्यक्रम समेत सर्वसम्मत पारित गरेको छ । रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ६९ करोड २० लाख ९८ हजार बजेट ल्याएको छ ।

पाँचखाल नगरपालिका, खानीखोला, बेथानचोक, चौंरीदेउराली र भुम्लु गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार