मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


जनमतले ४० औ वार्षिकोत्सवमा श्रष्टाहरुलाई सम्मान गरे

Thearaniko Times 1369+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

बनेपा/जनमत मासिकको ४० औं वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमहरुका साथ सम्पन्न भएको छ । शनिवार भएको विशेष कार्यक्रममा २०७९ सालको प्रतिभा सम्मानबाट १५ विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जनमतले साहित्यको श्रीवृद्धिमा ठूलो योगदान पुर्याएको बताउनुभयो ।

उहाँले जनमत वाङ्मय प्रतिष्ठानले जुन उद्देश्य लिएर सम्मान र साहित्यिक मासिक पत्रिका प्रकाशनमा साहित्यकारहरुको श्रृजना समेटेर साहित्यकारहरुको सम्मान गरेको र यो क्षेत्रमा थप योगदान पुर्याउन सफल भएको बताउनुभयो ।


जनमत वाङ्मय प्रतिष्ठानका सदस्य तथा समाजसेवी राजभाई प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी दिनुहुँदै जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले हालससम्म प्रतिष्ठानबाट २१९ जना साहित्यकारहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानमा विभिन्न सहयोगीहरुले उपलब्ध गराएको सहयोग रकमलाई मुद्धती कोष स्थापना गरिएको र उक्त कोषबाट नै सम्मान गरिदै आएको अध्यक्ष दुवालले उल्लेख गर्नुभयो । 

विशेष अतिथिका रुपमा चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष गङ्गा सुवेदी, कौशिकी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला, तोयनाथ पाण्डेय् अध्यक्ष पशुपतिकुमारी साहित्यिक पुरस्कार समिति तथा साहित्यकार हरिप्रसाद पाण्डेय हुनुहुन्थ्यो ।


यसवर्ष २०७९ सालको दीपा–जनमत सम्मान – प्रा. डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ) लाई, गणेश- खिलकुमारी दुवाल जनमत सम्मान प्रमोद प्रधान (मोरङ) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान – डा. अभि सुवेदी (तेह्रथुम) लाई, जनमत–जनक प्रधान सेवा सम्मान – राजेश खनाल (काठमाडौं) लाई प्रदान गरिएको छ ।

त्यसैगरी केवलपुरे–जनमत सम्मान – नर्मदेश्वरी सत्याल (संखुवासभा) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान – रविन्द्र श्रेष्ठ (भक्तपुर) लाई, कमला सैंजू – जनमत सम्मान – लक्ष्मी माली (काठमाडौं) लाई, जनमत–राजभाई सहयात्री सम्मान – बाबुराम श्रेष्ठ ‘वर्षा’ (मोरङ) लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति (काठमाडौं) लाई प्रदान गरिएको छ ।

जनमत–केदार-सुदर्शना बालसाहित्य सम्मान – गङ्गादेवी कसजू (बाग्लुङ) लाई, जनमत–सिचि धर्म-संस्कृति सम्मान – रामकृष्ण कर्माचार्य (ललितपुर) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – महेश पौड्याल (काठमाडौं) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. सिर्जना श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरिएको छ ।

यसैगरी जनमत–ज्ञानरत्न-मंगलतारा राष्ट्रिय सम्मान – दिनेश गुप्ता (पर्सा, भोजपुरी भाषा) र जनमत – पूर्णमान-लुचि समाजसेवा सम्मान – रामराजा धौभडेल (काभ्रे) लाई प्रदान गरिएको छ । कार्यक्रममा सम्मानित प्रतिभाका तर्फबाट लक्ष्मी माली, नर्मदेश्वरी सत्यालले कविता बाचन गर्नु भएको उक्त कार्यक्रममा कविहरु आकास अधिकारी (तनहुँ), लकाश पौडेल (चितवन) र अर्जुन पराजुली (काभ्रे)ले कवितावाचन गर्नुभएको थियो ।

कार्यक्रममा जनमतवाट २०८० सालमा प्रकाशित नेताका साथी (एकांकी)लोकेन्द्रबहादुर चन्द, आलोचना र परिचय (दोस्रो संस्करण)मोहन दुवाल, किरणको वेदना (नाटक) सिद्धिबहादुर कर्माचार्य, स्वर्गको दरबार (तेस्रो संस्करण) शुक्रराज शास्त्री, जनमत जानकारी (विविधा) सं. मोहन दुवाल पुस्तकहरु सार्वजनिकीकरण गरिएको थियो ।

त्यस्तै सम्मानित प्रतिभाका तर्फबाट प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, बाबुराम श्रेष्ठ ‘वर्षा’ले मन्तव्य व्यक्त गरिएको थियो ।

 उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठान नेपालको तर्फवाट सिर्जना दुवालले धन्यवाद ज्ञापन गरिएको थियो । उक्त कार्यक्रमको उद्घोषण कृष्ण सुवेदी (भारद्वाज मित्र) ले गर्नुभएको थियो ।

जनमतको आफ्नै स्वागत गानको शुभारम्भ पनि गरिएको थियो । उक्त स्वागत गानको रचना मोहन दुवाल, संगीत तथा एरेञ्ज सन्तोषभक्त श्रेष्ठ र स्वर निशा देशारको रहेको छ । र अव हरेक जनमतको कार्यक्रमको स्वागत गीत मार्फत स्वागत गरिने जानकारी दिएको छ ।

जनमत वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष तथा जनमत मासिक का सम्पादक भारती श्रेष्ठले अतिथि तथा सम्मानित प्रतिभाहरुलाई माला अर्पण गर्दै स्वागत गरिएको सो कार्यक्रममा नूर श्रेष्ठ, नियोमी आभा श्रेष्ठ तथा इरा दुवालले ब्याच वितरण गरिएको थियो ।

२०३९ सालमा जनमतको साहित्यक पाक्षिक पत्रिका प्रकाशन भएपनि २०४५ सालदेखी हाल सम्म निरन्तर मासिक साहित्यिक पत्रिका प्रकाशनमा भइरहेको छ । हरेक महिना प्रकाशन गर्दा पनि जनमत मासिक पत्रिका ३१८ अकं प्रकाशन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार