मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

शैक्षिक भ्रमणमा जान विद्यार्थीहरु मकरमेलामा योमह्री र चटामारी बेच्दैछन्

Thearaniko Times 1369+ समाचार ( )
६ माघ २०७८, बिहीबार

पनौती / तेश्रो चरणको कोरोना कहरले यतिबेला सबै विद्यालय बन्द अवस्थामा छन् । शिक्षक र विद्यार्थीहरु घरघरमा मोबाइलमा व्यस्त होलान् कोही जाडोमा तातो सिरकमा  गुटमुटिएर बसेका होलान् । तर पनौतीको एक पुरानो विद्यालयका विद्यार्थीहरु भने मकरमेलाको अवसरमा  मेला भर्न आउने भक्तजनहरुलाई योमह्री, चटामारी, नेवारी खाजासेट बेचेर भ्याइ नभ्याइ छन् । कोही चटामारी बनाउने, कोही योमह्री बनाउँर्दै थिए । कोही खाजासेट तयार पार्दै थिए । कोही आगन्तुकलाई के खाने सोध्दै थिए । यसरी भ्याइनभ्याइ गरेका विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै विद्यालयका प्र.अ.लक्ष्मीकृष्ण ताम्राकार आफैं पनि खट्दै थिए ।  

यो दृश्य थियो १०६ वर्ष पुरानो विद्यालय पनौती आधारभुत विद्यालयको । जुन वि.सं.१९७२ मा स्थापना भएको थियो । जुन विद्यालय आजसम्म मावि हुन सकेको छैन । त्यसभन्दा धेरै पछि खुलेका विद्यालयहरु मावि उमावि भइसकेका छन् । कोरोना कहर र आर्थिक अभावका कारण विगत २ वर्षदेखि शैक्षिक भ्रमणमा जान नपाएका विद्यार्थीहरु आफ्नै श्रम र मिहिनेतको बलमा आएको पैसाले शैक्षिक भ्रमणमा जाने योजना बनाउँँदै छन् । कुल २ सय ७८ जना विद्यार्थीहरु भएको विद्यालयमा प्रावि तहमा पनौतीमा रहेको अन्य विद्यालयमा भन्दा धेरै विद्यार्थी रहेको उक्त विद्यालय अहिले पनि आर्थिक अभावबाट गुज्रिन बाध्य छन् । जुनसुकै सरकार आएपनि जुनसुकै जनप्रतिनिधिले जितेपनि सो विद्यालयको पहुँचभन्दा बाहिर रहेको र कसैले ध्यान नदिएको गुनासो प्रअ लक्ष्मीकृष्ण ताम्राकार गर्नुहुन्छ । 

बिहान चिया र साधारण नास्ता अनि दिउँसो योमह्री, चटामह्री, नेवारी खाजासेटका साथै चिया बनाएर बेच्दै आएका विद्यार्थीहरु बताउँछन् । विद्यालयका प्रधानाध्यापक ताम्राकार र ५ जना शिक्षकहरुको नियमित अनुगमन र निगरानीमा १२ जना विद्यार्थीहरुले सबै सामग्री आफैं तयारी गर्ने गरेका छन् । 

विद्यालयबाट हरेक वर्ष शैक्षिक भ्रमणमा पोखरा, लुम्बिनी लगायतका क्षेत्रमा लाने गरिएकोमा विगत २ वर्षयता कोरोना कहर र आर्थिक समस्याका कारण शैक्षिक भ्रमणमा लान सकिरहेको थिएन । यो पटक संयोगले १२ वर्षे मकरमेला परेको र विद्यार्थीहरुले रचनात्मक र सिर्जनात्मक क्षमता देखाउने अवसर पनि पाउने र आय आर्जन पनि हुने भएकोले विद्यालयले विद्यार्थीहरुलाई एक हप्ता योमह्री, चटामह्री, खाजासेट लगायत विभिन्न परिकार बनाउने तालिम दिएको विद्यालयका प्रअ ताम्राकारले बताए । यो माघ महिनाभरि व्यापार गरी आएको आम्दानीले शैक्षिक भ्रमणमा लाने विद्यालयको योजना रहेको भनाई प्रअ ताम्राकारको भनाइ छ । कोरोना कहरले भक्तजनहरु घटेको र सोचेको जस्तो व्यापार नभएपनि सन्तोष जनक रहेको विद्यार्थीहरु बताउँछन् । यस्तो सह्रानीय कार्यलाई सबैले सहयोग गरौं । उनीहरुले बनाएको खानेकुरा खाएर सहयोग गरौं । मकरमेला सफल पारौं । निमावि तहको १०६ वर्ष पुरानो विद्यालयका विद्यार्थीहरुको कदमलाई सलाम ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार