मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

राजर्षि गुरुकुललाई सार्क शैक्षिक अन्तर्राष्ट्रिय अवार्ड
राजर्षि गुरुकुललाई सार्क शैक्षिक अन्तर्राष्ट्रिय अवार्ड

Thearaniko Times 1381+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

भक्तपुर/भक्तपुरको सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले सार्कस्तरीय शैक्षिक अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

भदौ २७ गतेदेखि असोज १ गतेसम्म भारतको कोलकातास्थित डनबस्को स्कुलमा सार्कस्तरीय सांस्कृतिक आदान प्रदान तथा पुरस्कार समारोह सम्पन्न भएको थियो। यस कार्यक्रमको उद्देश्य सार्क राष्ट्रहरूका शैक्षिक संस्थाहरू बीच छलफल,‌ अन्तरक्रियाका साथै सार्कस्तरीय संस्कृति आदान प्रदान गर्नु र उत्कृष्ट शैक्षिक अभ्यासलाई आत्मसात गर्न प्रोत्साहन गर्नु रहेको राजर्षि गुरुकुलका प्रिन्सिपल लियोन लु श्रेष्ठले जानकारी दिनुभयो।

 उक्त समारोहमा  सार्क राष्ट्रहरूका विभिन्न शिक्षाविदहरूले 'सार्क शिक्षा पुरस्कार २०२३/२४ प्राप्त गरेका थिए । तीमध्ये  राजर्षि गुरुकुल विभिन्न अवार्डबाट सम्मानित भएको छ । जसमा राजर्षि गुरुकुलले २०२३/२४ को उत्कृष्ट विद्यालय अवार्ड पाएको हो । त्यस्तै प्रिन्सिपल लियोन लु श्रेष्ठ उत्कृष्ट 'प्रिन्सिपल अफ दि इयर'बाट सम्मानित भएका छन् ।

कार्यक्रममा नेपाल, भारत, भुटान र बङ्गलादेशका विभिन्न शिक्षाविद्ले सार्क शिक्षा पुरस्कार २०२३/२४ प्राप्त गरेका थिए। यस समारोहमा सार्क पत्रकार फोरमका जनरल सेक्रेटरी मोहम्मद अब्दुर रहमान, फादर बिनु जेकोव आदिको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा राजर्षि गुरुकुलका विद्यार्थीहरुले नृत्य तथा संगीत प्रस्तुत गर्ने अवसर पाएका थिए भने विभिन्न देशका विद्यार्थीहरूले पनि आ आफ्नै  संस्कृति झल्किने कार्यक्रमहरू प्रस्तुत गरेका थिए। 

सो कार्यक्रममा राजर्षि गुरुकुलका कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरू नवल जङ्ग बुढाथोकी, अनाया बुढाथोकी, दीपशिखा दुलाल,‌अद्भिक खत्री र निर्माण गुरुङले आफ्नो राष्ट्रियता झल्काउने गीत 'रातो र चन्द्रसूर्य' मा सुमधुर आवाजमा प्रस्तुत गरेका थिए भने आयुष मानन्धरले गितार बजाई सङ्गीत दिएका थिए। त्यसैगरी कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरू अनाया बुढाथोकीले दर्पण छायाँको 'लहनाले जुरायो की' गीतमा र आरोही निरौलाले 'नयाँ ल्होसार' गीतमा एकल दमदार नाच प्रस्तुत गरी आ-आफ्नो कला दर्शक सामु पस्केका थिए । कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरू राघव जोन्छे र श्रेयस कुमार श्रेष्ठले नेपालको चिनारी र राजर्षि गुरुकुलको बारेमा प्रस्तुतीकरण दिई आफ्नो कला प्रस्तुत गरेका थिए ।

अवार्ड समारोह  जर्नालिस्ट सार्क फोरम, शिक्षालय म्यागजिन, रोटरी क्लब अफ इन्डियाबिचको प्रयासमा भएको हो । यस  सम्मानले सबै शिक्षक र शैक्षिक संस्थाहरूलाई उत्साहित बनाएको छ। समारोहमा शिक्षालय फाउन्डेसनका अध्यक्ष श्याम तन्दुल्करको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार