मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

लोकप्रिय भागवत् कथावाचक देवी प्रतिभालाई आफ्नै गृहनगर मण्डनदेउपुरमा सम्मान र अभिनन्दन

Thearaniko Times 1375+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार
काभ्रे । लोकप्रिय कथावाचक देवी प्रतिभालाई उनकै जन्मथलो काभ्रेको मण्डनदेउपुरमा भव्य सम्मान र अभिनन्दन गरिएको छ ।
अध्यात्मिक कार्यबाट स्वदेश तथा विदेशमा चर्चा कमाएकी देवी प्रतिभा अर्थात प्रतिभा पराजुलीलाई आइतबार उनकै जन्मथलोमा तथा गृहनगर मण्डनदेउपुरमा भव्य स्वागत र सम्मान गरेको हो । उनलाई नगरप्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल लगायतले नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै देवी प्रतिभाले आफू संसारकाे जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कार र आफू जन्मिएको ठाउँलाई नभुल्ने बताइन् । आफ्नै नगरमा सम्मानित हुन पाउँदा निकै खुशी देखिएकी प्रतिभाले आफ्नो सफलतामा मन्डनदेउपुरका आमाबुबाको आर्शिवाद रहेको बताउँदै आफ्नो हजुरबुबा पनि पण्डित रहेको र उहाँबाट प्रेरणा मिलेको जानकारी दिनुभयो। अहिले जुन स्थानमा पुगियो, यो सबैको जस मण्डनदेउपुरका सबै दाजुभाईलाई जाने उनको भनाइ थियो।
नगरप्रमुख वाइवाले मण्डनदेउपुरकी छोरी प्रतिभाले आफ्नो नगरको मात्र नभएर देशकै गौरव राख्न सफल भएको भन्दै उनका आगामी दिनहरुमा थप सफलताको कामना गरे । यस्तै उपप्रमुख विष्णुमणि नेपालले देवी प्रतिभा राष्ट्रको गौरव भएको चर्चा गर्दै उनका विगत र वर्तमानका बारेमा बताएका थिए । उनले प्रतिभा जस्ता व्यक्तित्वहरुलाई राज्यले नै उच्च सम्मान गर्नुपर्ने र नगरपालिकाले आगामी दिनमा पनि आफ्ना नगरभित्रका यस्ता प्रतिभाहरुको कदर गर्ने उल्लेख गरे ।

यसैगरी मण्डनदेउपुर-५, ब्रम्हायणी संरक्षण सेवा समितिले पनि आजै अभिनन्दन गरेको छ। पुर्व सञ्चारमन्त्री तथा संघीय सांसद गोकुल बास्कोटाले सम्मानपत्र प्रदान गर्दै आगामी दिनहरुमा थप सफलताको कामना गरे । ब्रम्हायणी दर्शन पछि शुरु भएको कार्यक्रममा मण्डन देउपुर तथा गृहनगरले आफुलाई गरेको सम्मानले उत्साहित भएको देवी प्रतिभाले बताइन् । सनातन धर्मको रक्षाको लागि क्रियाशिल रहने बताउँदै आफु जहाँ पुगेपनि आफ्नो जन्मभुमीलाई नबिर्सने उनले प्रतिवद्दता व्यक्त गरे।
मण्डनदेउपूरकी छोरी सुप्रसिद्द श्रीमद् भागवत कथावाचक देवी प्रतिभा (पराजुली)ज्युलाई उहाँले अध्ययन गर्नु भएको नव प्रतिभा अग्रेजी स्कुलले पनि अभिनन्दन गरेको छ । 

कार्यक्रममा देवी प्रतिभाका आफन्त लगायत सयौंको संख्यामा नगरवासीहरुको उपस्थिती थियो ।
मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा २०५८ पुस १८ गते जन्मिएकी प्रतिभा पराजुली विगत एक दशकदेखि भारतको बृन्दावनमा अध्ययनको शिलशीलामा पुगेकी थिइन् । त्यहाँबाटै उनले यस क्षेत्रमा पाइला चालेकी हुन् । सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढेकी प्रतिभाले छोटो समयमै देशविदेशमा ख्याति कमाएकी छिन् ।
पशुपति क्षेत्र, वनकाली काठमाडौंमा यतिबेला पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ गतेबाट सुरु भएको हो । कोटीहोम महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने बताइएको छ । देवी प्रतिभा यही कोटोहोमका लागि नेपाल आएकी थिइन् । यही अवसरमा उनलाई उनकै जिल्ला र नगरमा स्वागत र सम्मान कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार