मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सम्पुर्ण शक्ति चुनावमा केन्द्रीत गर्ने निर्णय

Thearaniko Times 1394+ समाचार ( )
२५ माघ २०७८, मङ्गलबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३औँ बैठकले गठबन्धनमा सामेल सबै दललाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ । 

‘लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वाेत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको  शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्दछ । बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

आगामी ३० वैशाखमा एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै समाजवादीले सरकारलाई धन्यवाद दिएको छ । निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई पनि धन्यवाद दिने निर्णय गरेको भुसालले जानकारी दिए । 

पार्टीलाई सानदार रूपमा विजयी गराउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय गरेको छ ।

आगामी वर्ष निर्वाचन वर्ष भएको र यसको प्रारम्भ स्थानीय निर्वाचनबाट हुने भन्दै समाजवादीले पार्टीलाई सानदार रूपमा विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार