मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

क्षितिजको १७ औं वार्षिकत्सवः निजी विद्यालय र सामुदायिक बिद्यालयको पोशाकमा एक रुपता ल्याउने प्रयासमा छौं –मेयर शाक्य

Thearaniko Times 1394+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

काभ्रेपलान्चोक । बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले नगरभित्रका निजी बाेर्डिङ स्कुल र सामुदायिक स्कुलहरुकाे बीचको असमानता हटाउन काम गरिने बताउनु भएको छ। आज काभ्रेको बनेपामा क्षितिज बाेर्डिङ स्कुलकाे १७औं वार्षिकोत्सव समाराेहमा सम्वाेधन गर्दै मेयर शाक्यले बनेपा नगरका सबै विद्यालयकाे भौतिक र शैक्षिक स्तर समान हुने गरि काम गरिने बताउनु भएको हो ।

उहाँले बनेपाका प्राइभेट र सामुदायिक विद्यालयमा एकैखाले पाेशाक लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “विद्यालयमा फरक फरक पाेसाककाे कारण विद्यार्थीमा हिनताबाेध हुने गरेकाे छ। विद्यार्थीले आफुलाई महंगो र सस्ताे विद्यालयमा पढेकाे भान गर्ने गरेका छन् । महंगो विद्यालयमा पढने राम्रो र अब्बल तर सस्तो वा सामुदायिक विद्यालयमा पढने विद्यार्थी कमजाेर हुन्छन् भन्ने मानसिकताले समाजमा शैक्षिक विभेद सिर्जना गरेकाे छ।” त्यसैले पाेसाकमा समानता ल्याउन सके शैक्षिक सुधारमा सहज हुने मेयर शाक्यकाे धारणा रहेको थियो ।

अबका दिनमा क्षितिज स्कुलले आजाद स्कुलसँग र वेलर स्कुलले हिमालय स्कुलसँग प्रतिस्पर्धा गर्ने उदाहरण दिदै सामुदायिक विद्यालय पनि बाेर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्ने दिन नजिकै आइसकेको उहाँको दाबी थियो ।

यसैगरी विशेष अतिथि साहित्यकार मोहन दुवालले बनेपा नगरपालिकामा ७० प्रतिशत  विद्यार्थी निजि विद्यालयमा अध्ययनरत रहेको र ३० प्रतिशत मात्र सामुदायिक विद्यालयले धानेको टिप्पणी गर्दै शिक्षाको मागलाई  निजीक्षेत्रले पनि उत्तिकै टेवा पुर्याएको बताउनुभयो । 

यसैगरी विद्यालय संचालक समितिको तर्फबाट स्वागत मन्तव्य राख्दै हरिगोपाल प्रधानाङ्गले शिक्षालाई समयानुकुल बनाउन क्षितिज स्कुलले सबै उपायहरु अपनाउँदै अगाडि बढेको बताउनुभयो ।

संचालक समितिका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक संरक्षक गोविन्दलाल प्रधानाङ्ग, विमला शर्मा, लम्बोदर कायष्ठ, विद्यालयका पिन्सिपल लिलाधर पौडेल, प्याव्सन प्रतिनिधि, शिक्षक प्रतिनिधि, विद्यार्थी प्रतिनिधि लगायतका वक्ताहरुले वार्षिकत्सवमा विद्यार्थीहरुको रचनात्मक र सृजनात्मक क्षमतालाई प्रस्तुत गर्ने एक अवसरका रुपमा यो कार्यक्रम रहेको, विद्यार्थीहरुलाई विद्यालय शिक्षासंगै रचनात्मक कृयाकलापमा पनि संलग्न बनाउँदै अगाडि बढाउने प्रतिवद्धता सहित शुभकामना मन्तव्य राख्नुभयो ।

 सोही अवसरमा विद्यार्थीहरुले आफ्नो विविध प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु र अभिभावकहरूको उपस्थिति रहेको थियो । उत्कृष्ट विद्यार्थीलाई नगरप्रमुख शान्ति रत्न शाक्य र संचालक समितिका सदस्यहरूले  पुरस्कार वितरण गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार