मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

वडाध्यक्ष केसीद्वारा त्रिनेत्राय शिव मन्दिरको उद्घाटन

Thearaniko Times 1375+ समाचार ( )
३१ असार २०८१, सोमबार

 बनेपा । बनेपा नगरपालिका वडा नं.- ६, बुडोलस्थित त्रिबेणी टोलमा निर्माण भएको त्रिनेत्राय शिव मन्दिरको वडाध्यक्ष सचितानन्द केसीले उद्घाटन गरेका छन् ।

वडाध्यक्ष सचितानन्द केसीले नवनिर्मित मन्दिरको उद्घाटन गर्दै मन्दिरमा गरिने पुजापाठले मात्र धर्म पुरा नहुने भन्दै अन्तर आत्मादेखि गरिएको सङ्कल्प र व्यवहारले मात्र धर्मको औचित्य पुरा हुने बताए ।

वडाध्यक्ष केसीले वडामा धार्मिक पर्यटन विकास र धार्मिक महत्व बोकेका स्थानको प्रवद्र्धनका लागि नगरपालिका र वडा कार्यालय प्रतिबद्ध भएर लागेको बताएका छन् ।

धार्मिक पर्यटनको रुपमा बनेपाको बुडोललाई चिनाउन नगरपालिका र वडाले पूर्वाधार निर्माणमा जोड दिएको वडाध्यक्ष केसीले जानकारी दिए । आफ्नो टोल बनाउने आफैंले हो बाहिरको मान्छे आएर बनाइदिदैन भन्नुहुँदै वडाध्यक्ष केसीले त्रिबेणी टोल सुधार समितिकाे सक्रियताको प्रशंसा गर्नुभयो। मन्दिर शिलान्यास गरेको छोटो अवधिमै सहयोग जुटाएर मन्दिर निर्माण संपन्न गर्नु सानो कुुरा होइन उहाँको भनाई थियो।

कार्यक्रममा विशेष अतिथि जग्गादाता उमेश थापा मगर र  बुध्दि महत, बागमती प्रदेश सभाका पुर्व सदस्य गोमा भुर्तेल, वडा सदस्य लालकृष्ण तिमल्सिना  लगायतले आफ्ना भनाई राखेका छन् ।

त्रिबेणी टोल सुधार समितिका अध्यक्ष सुदिप पैड्यालको अध्यक्षता र सचिव दिपनारायण पराजुलीको सञ्चालनमा भएको मन्दिर उद्घाटन कार्यक्रममा समाजसेवी शिवप्रसाद वाग्लेले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रममा मन्दिर निर्माणको लागि आर्थिक र भौतिक सहयोग गर्नेहरूलाई प्रमाणपत्र सहित सम्मान गरेका थिए। साथै त्रिवेणी टोल सुधार समितिले सो टोलबाट एसइइमा सफल हुने विद्यार्थीहरुलाई पनि सम्मान गरेका थिए।

मन्दिरको प्राण प्रतिष्ठा पण्डित बासुदेव सुवेदी, पुष्कर सत्याल र मधु काेईरालाले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार