मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

मण्डनदेउपुर नगरपालिकाले दिए आज थकाइ बिदा

Thearaniko Times 1401+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

मन्डनदेउपुर/ काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा सुरू गर्ने क्रममा सामान ओसार्दा थकाइ लागेपछि एक सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएको छ ।

मण्डनदेउपुर नगरपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा सुरू भएको र कार्यालयमा सामान ओसार्दा कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार सार्वजनिक बिदा दिएको सूचना प्रकाशन गरेको हो । त्यस सूचनाबारे यतिबेला सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको छ । 

नगरपालिकाले बुधबार जारी गरेको सूचनामा भनिएको छ–यस कार्यालयको मिति २०८०÷६÷३ को निर्णय अनुसार ९औं संविधान दिवसको अवसरमा नगरपालिकाको नव निर्मित भवनबाट सेवा प्रवाह भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सो क्रममा विगत ३ दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिंदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८०÷६÷४ गतेका दिन नगरपालिकाको कार्यालय यस अन्र्तगतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई विदा दिईएको व्यहोरा सबैका लागि जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

सो सूचनालाई कतिपयले ‘थकाइ बिदा’ दिनु नगरपालिकाको काम, कर्तव्य अधिकारको दुरूपयोग समेतको रूपमा अथ्र्याएका छन् । नगरप्रमुख टोकबहादुर वाइवाले थकाइ बिदा नभइ व्यवस्थापनका लागि बिदा दिनु परेको बताए । ‘संविधान दिवसको अवसर पारेर हामीले नगरपालिकाको नयाँ कार्यालयबाट सेवा सुरू गरेका छौं । पुरानो कार्यालय तीन किलोमिटर पर थियो, नगरप्रमुख वाइवाले भने, ‘तीन दिन लगाएर सामान सार्दा व्यवस्थापन गर्न भ्याइएको छैन । त्यसैले बिदा दिएको हो।’ 

सामान व्यवस्थापनका अतिरिक्त प्राविधिक कुराहरू पनि मिलाउनुपर्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइको उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिए। ‘भुलवश थकाइ बिदा हुन गएको हो। हामीले सट्टा  बिदा दिएका हौं। सारिएका सामानहरू मिलाउनै बाँकी रहेकाले पनि सेवा दिन असहज भयो,’ उपप्रमुख नेपालले भने ।

मण्डनदेउपुर नगरपालिकाले १६ करोडको लागतमा नयाँ प्रशासनिक भवन बनाएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार