मुख्य समाचार
तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न | चौरीदेउराली–७ मादन कुँडारीमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | बनेपा–६ मा बसुन्धरा हुमागाईंको मतदाता भेटघाट कार्यक्रम सम्पन्न | चुनबाङ पुगेर शान्ति यात्राको स्मरण | खानीखोलामा दिननाथ गौतमको घरदैलो अभियान तीव्र, सडक र कृषिलाई प्राथमिक एजेन्डा | चौरीदेउरालीमा ३०औँ जनयुद्ध दिवस अवसरमा शुभकामना कार्यक्रम सम्पन्न | संघर्ष सकिएको छैन, अबको युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड | चौरीदेउराली–५ पोखरीचौरीमा नेकपा वडा कार्यालय स्थापना, निर्वाचन तयारी तीव्र | देउरालीदेखि फलामेटारसम्म दिननाथ गौतमको घरदैलो, सडक र कृषि प्राथमिकतामा |

समाज/राजनीति
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरु, नेतृत्व हस्तान्तरण मुख्य एजेन्डा

Thearaniko Times 1337+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूले दीप प्रज्ज्वलन गर्दै विरुवामा पानी हालेर महाधिवेशनको शुभारम्भ गरेका हुन् । उद्घाटन सत्र कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको अध्यक्षतामा भइरहेको छ ।

पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि यो सम्मेलन आयोजना गरिएको हो । संस्थापन पक्षले मागलाई अस्वीकार गर्दै आएको अवस्थामा महामन्त्रीद्वयको पहलमा विशेष महाधिवेशन आह्वान गरिएको हो । सोही कारण देशभरका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठले अब पार्टी नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने धारणा राखे । समयसँगै जनताको अपेक्षा बद्लिएकाले पार्टी चलाउने शैली पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । “इतिहासको ब्याज खाएर मात्रै अब राजनीति चल्दैन,” उनले भने ।

नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सीता सापकोटाले पार्टी र सरकार सीमित व्यक्तिको घेराभित्र सञ्चालन गर्दा नेतृत्व असफल भएको टिप्पणी गरिन् । यद्यपि, कठिन परिस्थितिमा पनि सच्चा कार्यकर्ताले पार्टीप्रति भरोसा नछाडेको प्रमाण आजको उपस्थितिले देखाएको उनको भनाइ थियो ।

विशेष महाधिवेशनलाई लिएर पार्टी विभाजनको चर्चा चलिरहेको सन्दर्भमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तिर्थ लामाले त्यस्ता हल्ला निराधार भएको बताएका छन् । उनले कांग्रेसभित्र देखिने बहस र मतभिन्नतालाई लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने उल्लेख गर्दै पार्टी एकतामै अघि बढ्ने स्पष्ट पारे ।

नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुण कटुवालले विशेष महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरिन् । जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै बोल्दै उनले यथास्थितिले मुलुक अघि बढ्न नसक्ने भन्दै विशेष महाधिवेशनले पार्टीभित्रका समस्या समाधान गर्ने आधार तयार गर्ने बताइन् ।

कार्यक्रममा डा. चन्द्र भण्डारी र डा. सुनिलकुमार शर्मा अतिथिका रूपमा सहभागी भएका छन् । पार्टी विभाजन रोक्न मध्यमार्गी भूमिका खेलिरहेका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको पनि कार्यक्रममा उपस्थिति रहेको छ ।

भृकुटीमण्डप वरपरबाट निस्किएका र्‍यालीहरू बाजागाजासहित सभास्थलमा पुगेका छन् । र्‍यालीमा “नेपाली कांग्रेस के भन्छ ? गगन–विश्व भन्छ” भन्ने नाराहरू गुञ्जिएका छन् ।

देशभरबाट आएका प्रतिनिधिहरूको मुख्य माग नेतृत्व हस्तान्तरण र पुस्तान्तरण रहेको देखिएको छ । सहभागी प्रतिनिधिहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र पार्टीलाई जनतासँग जोड्ने नेतृत्व विशेष महाधिवेशनबाट चयन हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार