मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
रमेशगङ्गा स्रष्टा सम्मान २०८० र २०८१ सरस्वती रिजाल र विधान आचार्यलाई प्रदान

Thearaniko Times 1401+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

काठमाडौं, असार ३०।

नेपाल स्रष्टा समाजले ‘रमेशगङ्गा स्रष्टा सम्मान–२०८०’ स्रष्टा सरस्वती रिजाललाई र ‘रमेशगङ्गा स्रष्टा सम्मान–२०८१’ वरिष्ठ कवि विधान आचार्यलाई प्रदान गरेको छ।

राजधानीमा मंगलबार आयोजित विशेष समारोहमा वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन' तथा बागमती प्रदेशका सांसद डा. दिनेशचन्द्र देवकोटालगायत विशिष्ट व्यक्तिहरूले सम्मान हस्तान्तरण गरेका हुन्।

साहित्यिक साधनामा निरन्तर लागी उल्लेखनीय योगदान गरेका उनीहरूलाई जनही नगद २१ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो।

कार्यक्रममा सांसद डा. देवकोटाले नेपाल स्रष्टा समाजले साहित्यिक सेवामा सरकारी संरचना भन्दा माथि उठेर योगदान दिँदै आएको भन्दै धन्यवाद व्यक्त गरे। उनले अभिभावकको नाममा स्थापित यो सम्मानले योग्य स्रष्टाको पहिचान गर्दै आएको बताए।

पूर्वमन्त्री बाचस्पति देवकोटाले लुकेका स्रष्टाहरूको पहिचान गर्दै सम्मान गर्ने कार्य स्रष्टाप्रतिको समर्पणको उदाहरण भएको बताए।

साहित्यकार प्राडा लक्ष्मणप्रसाद गौतमले विशिष्ट स्रष्टा छनोट गरेर सम्मान गर्नु आफैँमा नेपाली साहित्यप्रतिको उच्च सम्मान भएको उल्लेख गरे।

सम्मानित स्रष्टा सरस्वती रिजालले स्वतन्त्र रूपमा पनि सम्मान पाउन सकिने उदाहरण आफू बनेको बताइन् भने कवि विधान आचार्यले सम्मानले थप जिम्मेवारी अनुभूत गराएको धारणा व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै सहभागी सबैप्रति आभार व्यक्त गरे।
सञ्जय देवकोटाले रमेशचन्द्र देवकोटाको छन्दकविता वाचन गरेका थिए।

समारोहको सञ्चालन प्रदीप सापकोटाले, स्वागत मन्तव्य कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गरे।
समारोहको अध्यक्षता समाजका अध्यक्ष ओम श्रेष्ठ 'रोदन'ले गरेका थिए।

रमेशगङ्गा स्रष्टा सम्मानका संस्थापकहरूमा रमेशचन्द्र देवकोटा, डा. दिनेशचन्द्र देवकोटा, महेशचन्द्र देवकोटा, सुवासचन्द्र देवकोटा र देवेशचन्द्र देवकोटा छन्। वि.सं. २०७७ देखि प्रदान हुँदै आएको यस सम्मानबाट यसअघि जनार्दनशरण त्रिपाठी, डा. बासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित भइसकेका छन्।

यसअघिका सम्मानित व्यक्तिहरुबारे रञ्जना निरौलाले चर्चा गरेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार