मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

छात्राहरुमाथि शिक्षकले यौन हिंसा गरेको आरोप

Thearaniko Times 1369+ समाचार ( )
१५ श्रावण २०८०, सोमबार

पनौती/पनौती नगरपालिका  वडा नम्बर २ मा रहेको कुशादेवी माविले यौन दुव्र्यवहारको आरोप लागेका शिक्षकलाई हाजिर नगराउने निर्णय गरेको छ ।
छात्राहरुमाथि शिक्षकले यौनहिँसा गरेको आरोप छात्राहरुबाट सामुहिक उजुरी आएपछि बिब्यसको बैठकले उक्त निर्णय लिएको बताए
विद्यालय ब्यवस्थापन समिति बैठकले शिक्षकलाई विद्यालयमा हाजिर नगराउने निर्णय गरेको वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयको कक्षा १० पढ्ने छात्राले आफुमाथि यौन दुब्र्यहार गरेको भन्दै गत शुक्रबार शिक्षक विरुद्ध विब्यवस र वडा कार्यालयमा रिपोर्ट दिएका थिए । उक्त रिपोर्ट परेलगत्तै शुक्रबार नै विद्यालय ब्यवस्थापन समितिको आकस्मिक बैठक बसेर शिक्षकलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
विब्यसको निर्णय अनुसार यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकले चित्तबुझ्दो जवाफ नदिएपछि विद्यालयमा हाजिर नगराउने निर्णय गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । ‘हामीलाई शिक्षकले दिएको जवाफ चित्तबुझ्दो लागेन । त्यही भएर यो विद्यालयमा हाजिरी नगराउने निर्णय गरेका छाैँ । यो कुरा नगरपालिकालाई जानकारी गराइसकेका छौ। हाम्रो तहबाट गर्न सक्ने यही हो, अब अरु प्रक्रिया नगरपालिकाले कसरी अघि बढाउँछ हेर्न बाँकी छ ।’ वडा अध्यक्ष अधिकारीले भन्नुभयो ।
कुशादेवी माध्यामिक विद्यालयमा अध्यापन गराउने शिक्षक छवी गौतमले स्कूले छात्राहरुलाई कक्षा कोठाभित्रै विभिन्न बाहाना गरेर छात्राहरुको नजिक भई यौनजन्य हिंसा गरेको भन्दै ती छात्राहरुले विद्यालयमा सामुहिक उजुरी गरेपछि यस्तो घटना बाहिरिएको हो । यौन दुब्र्यवहारको आरोप लागेका शिक्षक ६-७ वर्षदेखि उक्त विद्यालयमा कार्यरत थिए ।बिध्यालय ब्यवस्थापन समितिले सोधेको स्पष्टीकरणमा छात्राहरुलाई आफूले गरेको व्यवहारले त्यस्तो अनुभूत भएको भए माफि समेत माग गरेको बताए । शुक्रबार घटना बाहिरिँदा आरोपी शिक्षक नगरपालिकाको कार्यक्रममा उपस्थिति रहेका थिए ।

यस बिषयमा पनौती नगरपालिकाको शिक्षा शाखाका महेश्वर जंगमले विद्यालयको घटनाबारे आफूले पनि सुनेको मात्र हो, त्यसका बिषयमा आज आइतबार विद्यालय व्यवस्थापन सहितको टोली नगरपालिकामा विद्यालयले गरेको निर्णय सहित आउने भनेपनि कार्यालय समय बेलुका ५ बजेसम्म वहाँहरु नआएपछि आफ निस्किएको बताए ।
यसका बिषयमा लिखित जानकारी नआइकन सुनेको भरमा हामीहरु केही बोल्न नमिल्ने उनले बताए । यसअघि पनि गौतमको छात्रामाथीको दुव्र्यवहारका घटना आइरहेको र अन्तिम पटक भन्दै माफी माग्दै छोडिने गरेको बताइन्छ । आरोपी शिक्षकलाई घटनाबारे सम्पर्क गर्न खोज्दा पहिला फोन लागे पनि उनले फोन नउठाएर जवाफ दिन चाहेनन् । त्यसलगत्तै उनी सम्पर्क बिहिन बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार