मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न

Thearaniko Times 1369+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ। मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न गरेको हो।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा अभियानले पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न राजनीतिक गतिविधि, सभा, सम्मेलन गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीका नीति सिद्धान्त, कार्यदिशा जनतालाई बुझाउन यही असोज १४ गतेदेखि सञ्चालन गरिएको अभियान आज सम्पन्न गरिएको हो। राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था, बेरोजगारी समस्या, गरिबी न्यूनीकरणका लागि पार्टीका योजना, देश विकासमा जनताको दृष्टिकोण, अनुभव तथा सुझाव सङ्कलन गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर अभियान गरिएको थियो।

 खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नेबारे जनतालाई जागरण फैलाइएको थियो । अभियानअन्तर्गत राजनीतिक, सामाजिक सुरक्षाका विषयमा पनि सुझाव सङ्कलन गरिएको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेताले सम्बोधन गर्नुभएको अभियानमा ५५ वटा ठूला आमसभा गरिएका छन् । अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी करिब दश हजार नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

अभियानमा विकृति विसङ्गतिको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, कालाबजारी बन्द गरी बढ्दो महँगी नियन्त्रण गर्न जनस्तरबाट सुझाव आएको छ। 

काकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीवास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुर, बर्दिया, राजापुर, कैलाली, पुनर्वास, धनगढी, महेन्द्रनगर, सुर्खेतलगायत स्थानमा राजनीतिक सभा, कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा सम्पन्न भएका छ्न् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार