मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने मन्त्री तामाङको भनाइ

Thearaniko Times 1394+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

पाँचखाल/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएर अगाडी बढेमा मात्रै सहिदले देखेको सपना पूरा गर्न सकिने बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) पाँचखाल नगरपालिका कमिटी र नेपाल कम्युनिष्ट पार्टीको जिल्ला समितिले आज अनैकोटमा संयुक्त रुपमा आयोजना गरेको ‘२६औं सांस्कृतिक प्रतिरोध दिवस एवं सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रम’मा बोल्दै मन्त्री तामाङले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री तामाङले आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाको लागि सबै कम्युनष्टिहरु एक ठाउँमा आउनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘परिवर्तनको विरुद्धमा हुने सबैखाले षड्यन्त्रको विरुद्धमा सबै कम्यनिष्ट पार्टीहरु मिलेर संयुक्त रुपमा लड्न आवश्यक छ ।’ त्यसको लागि पार्टीले समाजवादी मोर्चा निर्माण गरेर अगाड बढिरहेको बताउँदै उहाँले हिजो जनयुद्धमा जजसले जुन तरिकाले साथ र सहयोग गरेको थियो, अहिले भिन्न तरिकाले आन्दोलन र आन्दोलन गर्ने पार्टीलाई सहयोग गर्न जरुरी रहेको बिचार राख्नुभयो ।

सो क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पूर्णता दिनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले सहिदको सपना अझै पूरा नभएकोले सहिद र उनका परिवारमा विभाजन ल्याएर राजनीति गर्न नहुने भन्दै सबै पार्टीलाई एकैठाउँमा उभिन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनष्टि पार्टीको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला सञ्चार्ज सविता तामाङ(विन्दु)ले सहिदको सपना साकार पार्नका लागि सबै कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने अपरिहार्य रहेको बताउनुभयो ।

पाँचखाल नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयबहादुर तामाङले यसअघिका धेरै बर्षहरुमा नेता तथा सांसदहरुले सहिद पार्क निर्माणका लागि सहयोग गर्छु भनेर पटक पटक बोलेर गएको भएपनि खासै सहयोग प्राप्त हुन नसकेको कारण पार्क निर्माणको कामले पूर्णता पाउन नसकेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) पाँचखाल नगरपालिका कमिटीका सचिव उग्रराज तामाङले खादा, माला र अविर लगाएर मात्रै सहिदहरुको वास्तविक सम्मान हुन नसक्ने भन्दै सहिद, वेपत्ता र घाइतेयोद्दा परिवारको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सहिद पार्क निर्माणका लागि विस्तृत गुरुयोजना समेत तयार नभएको भन्दै त्यसको लागि छिट्टै ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सो ठाउँमा सहिद भएका परिवार तथा वेपत्ता परिवारलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

अनैकोटमा २०५५ साल चैत ५ गते तत्कालिन राज्यसत्ताका सेनाले जागरणका गीत गाउँदै नागरिकलाई व्युँझाउँदै हिड्ने क्रममा त्यहाँका एउटा घरमा बास बसिरहेको अवस्थामा घर घेराहालि जिउँदै जलाएर ७ जना जनकलाकारहरु च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठको हत्या गरेको दिनलाई नेकपा माओवादी र त्यससंग आवद्ध रहेका अखिल नेपाल अखिल नेपाल जनसांस्कृतिक महासंघले हरेक बर्ष सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आईरहेको छ ।

जहाँ नेकपा माओवादी केन्द्रले सो ठाउँमा सहिद भएका सात जना जनकलाकारहरुको अर्धकदको सालिक खडा गरेको छ । त्यसलाई पूर्णता दिनका लागि स्थानीय पार्टी कमिटीले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार