मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

साहित्य र कला
असार १५ मा राष्ट्रिकाको 'उर्वरा उत्सव' काव्य वाचन

Thearaniko Times 1375+ समाचार ( )
१५ असार २०८२, आइतबार

काठमाडौं । असार १५ को अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले ‘उर्वरा उत्सव’ काव्य वाचन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले पानसमा बत्ती बालेर गरेका थिए। उनले कर्णाली र सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिको चर्चा गर्दै देउडा वाचनसमेत गरे। उनले राष्ट्रिका र सुदूरपश्चिमबीच सहकार्य गरेर सांस्कृतिक भ्रमण कार्यक्रम आयोजना गर्न सुझाव दिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले असार १५ को भावनात्मक र कृषिसम्बन्धी पक्षलाई उजागर गर्दै भने, “कविताबाट खेतमा पुगेजस्तो महसुस भयो। असार १५ मात्र खेत, आली, हिलोको विषय होइन, आम किसानका समस्या पनि हो। नेपालले हरेक वर्ष ४० अर्ब रुपैयाँ बराबरको धान आयात गर्छ, कविहरूले यस्ता गम्भीर विषय पनि उठाउनु जरुरी छ।”

कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, लेखक तथा सञ्चारकर्मी राजेश खनाल, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, नेपाल लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, उपन्यासकार समाज नेपालका अध्यक्ष शंकर भारतीलगायत वक्ताहरूले असार १५ को सांस्कृतिक र सामाजिक महत्वबारे धारणा व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले असार १५ मा किसान जस्तै कविहरू पनि भावना रोप्न हतारिएको उल्लेख गरे। उनले प्रतिष्ठानका हालका गतिविधि र प्रकाशनसम्बन्धी जानकारीसमेत प्रस्तुत गरे।

काव्य वाचन सत्रमा श्रीबाबु कार्की, मनोजादित्य न्यौपाने, गोकुल अधिकारी, देवेन्द्र के.सी., एलिसा ढुँगाना, सुष्मा आचार्य, त्रिभुवनचन्द्र वाग्ले, डा. शान्तिमाया गिरी, रचना खनाल जोशी, डा. सिर्जना शर्मा, मुकुन्द पौडेल, निर्मलरमण पराजुली, सुमन वर्षा, प्रदीप सापकोटा, माधव विडारी र शेखर गिरीलगायत कविहरूले असार विषयक विभिन्न कविता वाचन गरे।

कार्यक्रममा सहभागीहरूले असार १५ को परम्पराअनुसार दही चिउरा खाएर सांस्कृतिक परम्परालाई निरन्तरता दिएका थिए।

कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानकी उपाध्यक्ष डा. शान्तिमाया गिरीले दिएकी थिइन् भने सञ्चालन महासचिव तथा कवि-मिडियाकर्मी मधु पाठकले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार