मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

आफू अनागरीक भएर अमेरिका जान खाेज्नेलाई पनि कानुनी कठघरामा ल्याउनुपर्छ-गोकुल गौतम

Thearaniko Times 1401+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

काभ्रेपलान्चोक ।  नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कार्वाहीकाे माग सहित विरोध गर्दै नेकपा एकीकृत समाजवादी काभ्रेकाे माेर्चा संगठनले काेणसभा संपन्न गरेको छ। 

काभ्रेको बनेपास्थित चारदाेवाटाेमा माेर्चा संगठनले विराेध प्रदर्शन गरेको हो । काेण सभामा समाजवादी निकट जनवर्गीय संगठन प्रमुखहरु लगायत नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।

काेणसभालाई सम्बाेधन गर्दै काभ्रे जिल्ला कमिटी संगठन विभाग प्रमुख गोकुल गौतमले कुनै पनि तह र तप्काका अपराधीलाई उन्मुक्ति दिन नहुने बताउनु भयो । याे वा त्यो बहानामा अपराधीलाई उन्मुक्ति दिने खेल सुरु भएको छ भन्दै नेकपा एकीकृत समाजवादी त्यसकाे घाेर भत्सना गर्दछ,  गौतमले  भन्नुभयो । 

मुकेश कायस्थ जस्ता शहिदहरुकाे बलिदानले आएको व्यवस्थामा कसैलाई भ्रष्टाचार गर्ने छुट छैन ।आज  देश भरि नै  विराेध सभा भइरहेको छ। केन्द्रीय नेताहरुकाे भित्री चलखेल र साँठगाँठले मुद्दा फितलो बनाउने प्रयास भएको छ। भिआइ पि लाई बाहिर राखेर गरिएको अनुसन्धान सत्यमा आधारित हुन नसक्ने भन्दै दाेषिले सजाय पाउनेमा शंका व्यक्त गर्नुभयो ।

आफू अनागरीक भएर अमेरिका जान खाेज्नेलाई पनि कानुनी कठघरामा ल्याउन आग्रह गर्दै सचिव गौतमले निर्दाेषलाई नफसाउन र दाेषिलाई कार्वाही गर्न सरकारले खुट्टा कमाउन नहुने धारण व्यक्त गर्नु भएको छ। 

काेण सभामा  युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह ,अनेमसंघ काभ्रे अध्यक्ष पासाङ डाेल्माे तामाङ लगायतले सम्बाेधन गर्नु भएको थियो । युवा संघ नेपालका काभ्रे जिल्ला अध्यक्ष शिवराम दाहालले काेण सभाकाे संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार