मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

देवकोटा लुसुन प्रज्ञा पुरस्कार प्रा.डा चुडामणि बन्धुलाई

Thearaniko Times 1394+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

काठमाडौं/काठमाडौँको अनामनगर स्थित सामाजिक विकासको सभाहलमा देवकोटा लुसुन प्रज्ञा पुरस्कार प्रा.डा. चुडामणि बन्धुलाई समर्पण गरिएको छ । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चिनका महान साहित्यकार लुसुनको सम्मानमा स्थापित देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान नेपालले दुबै साहित्यकारको नाममा देवकोटा लुसुन प्रज्ञा पुरस्कारको स्थापना गरी हरेक वर्ष भाषा साहित्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एकजनालाई पुरस्कृत गर्दै आएको छ ।

यसभन्दा अगाडि देवकोटा लुसुन प्रज्ञा पुरस्कारबाट वरिष्ठ साहित्यकार शान्तदास मानन्धर र सिक्किमका साहित्यकार मोहन दु्खुनलाई पुरस्कृत गरिएको थियो । पचास हजार राशि सम्मानपत्र सहितको उक्त पुरस्कार प्रम्ख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनील कुमार पौड्यालले समर्पण गर्नुभएको थियो । 

नेपाली भाषा साहित्यमा विशेष योगदान पुर्याउनु हुने चुडामणि बन्धुलाई पुरस्कृत गर्नु पाएकोमा संस्थाका उपाध्यक्ष एंव पुरस्कार छनोट समितिका संयोजक मातृका पोखरेलले गौरवान्दित भएको बताउनु भएको थियो । स्वागत मन्तव्यको क्रममा पोखरेलले आफ्ना गुरु समेत रहनु भएका बन्धुको भाषा साहित्य र प्राध्यापन क्षेत्रमा उल्लेखनीय देन रहेको बताउनु भएको थियो । 

त्यस्तै सम्मानित व्यक्तित्वका विषयमा बोल्नु हुँदै प्रा.डा. भरत कुमार भट्टराईले चुडामणि बन्धुको कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । त्यस्तै अर्का वक्ता साहित्यकार समालोचक ज्ञानु पाण्डेले चुडामणि बन्धु जस्तो विशिष्ठ प्रतिभालाई सम्मान गरेर संस्था आफैमा सम्मानित भएको भन्दै पुरस्कृत बन्धुका विविध आयाममाबारे चर्चा गर्नुभएको थियो ।

पुरस्कृत चुडामणि बन्धुले देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानले आफूलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानले चुडामणि बन्धु जस्ता भाषा साहित्य विज्ञहरूलाई पुरस्कृत गर्ने सम्मान गर्ने संस्थाले असल काम गरेको भन्नुभएको थियो । सुनील कुमार पौड्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ६० जना लेखक साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण संस्थाका महासचिव सीता शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार