मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलहरूबीच सहमति हुनु राम्रो हुन्छ- सभामुख सापकोटा

Thearaniko Times 1394+ समाचार ( )
२ फाल्गुन २०७८, सोमबार

काठमडौ । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद् सुचारु गराउन प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुचारु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्वपूर्ण सहमति भएको छ । 

सभामुख सापकोटाले राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलहरूबीच सहमति हुनु राम्रो हुने बताएका छन् । संघीय संसद् सचिवालयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित चार घण्टाको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले भने, राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ । सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको छ । 

सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै सभामुख सापकोटाले राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न आग्रह गरेको बताए । एमसीसी आगामी बैठकमा टेबुल हुने कि नहुने टुंगो लाग्न बाँकी रहेको उनले बताए । एमसीसीबारे सबैका कुरा सुनिरहेको र अन्तिममा आफ्नो भूमिका अनुसार कार्य गर्ने बताउँदै सभामुख सापकोटाले सभामुखको भूमिका अम्पायर र निर्णायकको भएको भनाइ राखेको थियो । 

संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गरेको पनि बताए । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले बताए । उनले एमालेले जुन विषय उठाएर जनताको सार्वभौम थलो संसद्लाई अवरुद्ध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको बताए ।  

‘संसद्लाई कसरी सुचारु गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । त्यसैगरी संसदमा विचाराधीन ४२ वटा विधेयकहरूलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ, सांसद श्रेष्ठले भने, ‘प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर संसद् सुचारु गराउने सहमति भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार