मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साइनिङ पाथलाई दबाउने पेरूका पुर्व राष्ट्रपति फुजिमोरीको निधन
साइनिङ पाथलाई दबाउने पेरूका पुर्व राष्ट्रपति फुजिमोरीको निधन

Thearaniko Times 1401+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौँ । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

“क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,” फुजिमोरीकी छोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उनको परिवारनिकट स्रोतले बताएको थियो ।

लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उहाँलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो । सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो ।

१९९० मा पेरुको राष्ट्रपति बनेका अल्बर्टो फुजिमोरी अधिनायकवादी शासन शैलीका कारण विवादास्पद थिए। उनकै शासनकालमा विश्वलाई हल्लाउने माओवादी छापामार आन्दोलन साइनिङ पाथलाई निर्ममतापूर्वक दबाइएको थियो ।

दर्शनशास्त्रका प्राध्यापक  अबिमायल गुजमानको नेतृत्वमा सन् १९८० को दशकमा  पेरुको परम्परागत राजनीतिक प्रणालीलाई ध्वस्त गर्दै माओवादी राज्य स्थापना गर्ने लक्ष्यका साथ स्थापित साइनिङ पाथको छापामार आन्दोलन उत्कर्षमा रहेको बेला साइनिङ पाथ जस्ता हिंसात्मक समूहहरूलाई पूर्ण रूपमा समाप्त गर्ने वाचाका साथ सन् १९९० मा  अल्बर्टो फुजीमोरी राष्ट्रपति बनेका थिए । । उनको नेतृत्वमा पेरुको सरकारले अत्यन्त सशक्त सैन्य नीति अपनायो र उनीहरूले शहरी क्षेत्रमा फैलिएको साइनिङ पाथको प्रभाव तथा ग्रामीण क्षेत्रमा रहेको पकडलाई निमट्यान्न पार्न बर्बर दमनचक्र चलाएको थियो ।

उनले पेरुको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उनलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उनलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् ।

सरकारी सत्य निरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार