मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट प्राप्त रकम मिर्गौला पीडितलाई
देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट प्राप्त रकम मिर्गौला पीडितलाई

Thearaniko Times 1401+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडौँ। दृष्टि साप्ताहिकका संपादक शम्भु श्रेष्ठले आफुले देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई प्रदान गरेका छन् ।
वरिष्ठ पत्रकार दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौँ बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले पाएको एक लाख सहित एक लाख ८२ हजारको चेक एक समारोहबीच दियालीलाई संयुक्त हस्तान्तरण गरेका छन् ।
यसैगरी करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले ५० हजार नगद हस्तान्तरण गरे । सो अवसरमा दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठले जीवनभर देश, जनताका लागि इमान्दरपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो कुरा होइन, त्यसैले एकजना पत्रकारलाई दुःख कष्ट पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनासहित उक्त रकम मिर्गौलापीडित पत्रकारलाई प्रदान गरिएको बताए ।
त्यसैगरी रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले रोटरी भनेकै सेवा गर्न जन्मिएको संस्था भएकाले मिर्गौलापीडित पत्रकार दियालीलाई उपचारमा केही सहयोग होस् भन्ने भावनाले रोटरी क्लब अफ काठमाडौं बेष्ट पनि आजको कार्यक्रममा सहभागी भएको बताए ।
सो अवसरमा करेन्ट मिडियाका गौतमले लोकतन्त्रका लागि आजीवन पत्रकारिताको माध्यमबाट देश र समाजका लागि योगदान पुर्याउने पत्रकारहरु बिरामी पर्दा राज्यले हेर्नुपर्ने बताए । त्यसबाहेक पत्रकारसँग सम्बन्धित संघ संस्थाहरुले उपचार कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुन् ।
दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उनको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो। उनको उपचारका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग पु¥याउँदै आएका छन् । उनको उपचारमा संलग्न वीर अस्पतालका चिकित्सक, नर्सहरुप्रति पनि रोटरी क्लब अफ काठमाडौं बेष्टले आभार प्रकट गरेको छ। उक्त समारोहमा रोटरी क्लब अफ काठमाडौँ बेष्टका पदाधिकारीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार