मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पच्चीस सयले गरे जन श्रमदान : मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण
पच्चीस सयले गरे जन श्रमदान : मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण

Thearaniko Times 1394+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

पनौती/ गत असोज १०,११ र १२ परेको अविरल वर्षाका कारण गएको बाढीपहिराेले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनःनिर्माणका लागि २ हजार २५ सय स्थानीयले श्रमदान गरिसकेका छन् । करिब ४० अघि देखि पुनःनिर्माण थालिएको उक्त आयोजनाको कुलो करिब ९५ प्रतिशत काम सकिएको जनाइएको छ ।

जनश्रमदानमा पनौती नगरपालिका वडा नं. ४, ७ र ८ का स्थानीय कृषक, महिला, कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आमा समूह, विद्यार्थी, शिक्षक, न्यायिक समिति तथा मेलमिलापकर्ता लगायतको सहभागिता रहेको पनौती नपा-४ का वडाध्यक्ष दिपक दाहालले जानकारी दिनुभयो । 

“श्रमदान अभियानमा स्वत:स्फूर्त उत्साहपूर्वक सहभागिता जनाइरहेको छ, अब पनौतीको फाँटमा सिँचाइ ल्याउन सकिने आत्मविश्वासमा सबै पुगेका छन्”, उनले भने, । अबको केही दिनमा भत्किएर र पुरिएर क्षतिग्रस्त कुलो पुनःनिर्माणको काम सकिने जनाइएको छ । अभियानका लागि खाजालगायत निर्माणका लागि आवश्यक औजार, सामग्री स्थानीयबाटै सहयोग प्राप्त भएको वडाध्यक्ष दाहालले बताए । उनका अनुसार सिँचाइ पुनःनिर्माणार्थ बागमती प्रदेश सरकारबाट प्राप्त रु ५० लाख बजेट कुलोको क्षतिग्रस्त संरचनाको निर्माणमा खर्चिएकोले कुलो सफाइका लागि जनश्रमदान अभियान सञ्चालन गरिएको हो । आयोजनाको २० प्रतिशत संरचना नयाँ निर्माण र ८० प्रतिशत क्षेत्रमा कुलोमा थुप्रिएको माटो निकाल्नुपर्ने अवस्था थियो । बागमती प्रदेश सरकारबाट प्राप्त ५० लाख रकमबाट उपभोक्ता समिति गठन गरि धमाधम काम भइरहेको पनौती–४ का वडाध्यक्ष दाहालले बताए । शालिकराम बञ्जाराको अध्यक्षता गठित मल्पी लिलावती सिंचाई उपभोक्ता समितिले क्षति पुगेको भत्किएको ठाउँमा पुनः निर्माणको काम गरिरहेको छ।

एघार किलोमिटर लामो कुलोमा करिब ७०० मिटर मात्र पुरिएको सफा गर्न बाँकि रहेको र अब बाँकि पनि छिट्टै सकाउने योजना रहेको बताइयो। सरसफाइका लागि जनश्रमदानबाटै सकिने अवधारणा बनाई श्रम अभियान थालिएको उहाँको भनाइ थियो । उनले भने,“बजेटको मात्रै भर पर्दा किसानमा पानी अभावले समस्या थपिने हुँदा जनश्रमदानलाई अघि बढाइएको र जनश्रमदानमा सक्रिय सहभागिताले उत्साह थपिँदै गयो, अभियानमा महिलाको पनि उत्तिकै सहभागिता जनाइएको छ, यो अभियान सन्देशमूलक पनि छ ।” उनका अनुसार सहकारीमा आबद्ध महिलाले पनि कुलो पुनःनिर्माणको सम्पूर्ण काम नसकिएसम्म विश्राम नलिने प्रतिबद्धता जनाएका छन् ।

 पनौती–८ का वडा सदस्य विश्वनाथ श्रेष्ठले बताए । उनका अनुसार विपद्पछि भोकमरीको अर्को विपद् आउन नदिन समयमै कृषकको खेतबारीमा सिँचाइ पुया¥उने अभियानमा लागिएको हो । बाढीपहिरोले सिँचाइ आयोजनाको अधिकांश भागमा क्षति पुगेको थियो । सो आयोजनाको पुनःनिर्माण सकिएपछि पनौतीको करिब ६ हजार रोपनी जमिनमा पुनः सिँचाइ सुविधा पुग्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार