मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |
मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |


स्थानीय तहमा टुक्रे योजनामा हैन, दिर्घकालिन योजनामा बजेट लगानी गर्नुस् –मुख्यमन्त्री पाण्डे

Thearaniko Times 1394+ समाचार ( )
१ भाद्र २०७९, बुधवार

दिनेश राज खरेल 

धुलिखेल/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश अब डिजिटल युगमा प्रवेश गरेको बताउनुभएको छ। जिल्ला समन्वय समिति काभ्रेको छैठौ जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आगामी दिनमा सार्वजनिक यातायातमा बिद्युतिय भुक्तानी प्रणाली लागू गरिने र यात्रु  ठगिनबाट जोगिने, व्यवसायीलाई पनि घाटा नहुने , सवारी चालक र सहचालक पनि मर्कामा नपर्ने बताउनु भएको हो।

 बागमती प्रदेशमा मन्त्रालय  फुटाएर धेरै बनाईएको भन्ने आलोचना  भयो । तर , राम्रो काम भएको  भन्दै आगामी दिनमा तेह्रलाख जनताले सवारी साधन लाइसेन्स  पाउन अप्ठ्यारो भोग्नु पर्ने  दिनको अन्त्य भएको छ,- उहाँको भनाइ छ। आफु स्थानीय तह  र स्थानीय तह विकास परियोजना सम्बन्धी विज्ञ भएका कारण जे काम गरियो, त्यो राम्रै गरेको छु।  पछिल्लो दिनमा  मुख्यमन्त्रीले धेरै राम्रो काम गर्नु भएको रहेछ भनी जनता जनार्दन र  जनप्रतिनिधिले पनि भन्ने दिन आउने उहाँको जिकिर थियो। टुक्रे  योजनाहरु धेरै भए भन्ने गुनासो आइरहँदा  गाँउघरले  प्रदेश सरकारलाई नजिकबाट चिन्ने मौका पाएको मुख्यमंत्री  पाण्डेले बताउनुभयो । यससँगै गाउँमा साना सडक , खानेपानी, कुलो , धारा  आदि बनेको जानकारी गराउनुभयो । युवाहरूलाई विदेश जानबाट रोक्न प्राविधिक शिक्षा र तालिमलाई  प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो । शिक्षा , स्वास्थ्य , रोजगारबाट  विभेदमा परेका , रोजगार नपाएकाहरुलाई छात्रवृत्ति र स्वरोजगारको लागि प्रदेश सरकार  सचेत भएर योजना कार्यान्वयन गर्ने तर्फ लाग्ने  प्रतिबद्धता  पनि व्यक्त गर्नुभयो। 

  काठमाडौँ महानगरपालिकालाई लक्षित गर्दै उहाँले सरकारले  बैंकमा पैसा राखेर  नाफा कमाउने होइन ।  खर्च गर्ने र जनतालाई सेवा सुविधा दिने हो । खर्च गर्नका लागि नै सरकारी संरचना बनाइएको हो । सेवा सुविधा प्रवाह गर्न सजिलो होस् भनी विभिन्न मन्त्रालय, विभाग र निकायहरु छुट्याइएको  हो। मुख्य मन्त्री पाण्डेले आफूले काभ्रेलाई माया गरेको बताउनुभयो।  काभ्रेको विकटता र भूगोल बुझेकाले आफू स्थानीय विकास मन्त्री हुँदा   डाँडापारि र   रोसिपारी बिकासको लागि बिदेशी कम्पनीले काम गर्नेगरी ठूलो रकम निर्णय  गराएको स्मरण गर्नुभयो। 

मुख्य मन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधिहरुलाइ  पकेटबाट बजेट नबाँड्न सचेत  गराउनुभयो । पहिला गाउँ विकास समिति हुँदा विकासको लागि   ५ वर्षमा ३० लाख पैसा आउँथ्यो तर  अहिले ४० करोड रुपैया ५  वर्षमा आउँछ , त्यसलाई योजना बनाएर विकासको मोडल अनुसार काम  गर्न सके स्थानीय निकायलाई बजेट अभाव नहुने बताउनुभयो । 

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले स्थानीय तहको अधिकार कटौती गर्ने चलखेल भएको भन्दै यसमा गम्भीर हुन आग्रह गरे

प्रदेश र संघ सरकारले स्थानीय तहको अधिकार कटौती गर्न खोजेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

नगरप्रमुख वाईबाले प्रदेश सांसदहरुले आफु खुशी बजेट वितरण गरेकोप्रति असन्तुष्टि ब्यक्त गरे। प्रदेश सांसदहरुले अहिले थोरै थोरै बजेट दिँदै हिंडेको तर स्थानीय तहसंग समन्वय नगरेको उनको गुनासो थियो। स्थानीय तहमार्फत बजेट खर्च गर्न आग्रह गर्दै जथाभावी बजेट बाँड्दै हिडेर के गर्न खोजेको भनि प्रश्न गरे । नगरप्रमुख वाईबाले दुर्गम भेगका स्थानीय तहलाई विशेष महत्व दिएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

काभ्रे जिल्ला बजेटमा ठगिएको पाँचखाल नगर प्रमुख महेश खरेलको भनाई थियो । नगरप्रमुख खरेलले काभ्रेलाई अबको २० वर्षभित्र कस्तो बनाउने भन्ने ठोस योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै खानीखोला गाउँपालिका प्रमुख इन्द्रबहादुर थिङले प्रदेश र संघिय सरकारले कनिका छरेजस्तै बजेट काभ्रेलाई दिएको भन्दै गुनासो गरे । जिल्लाकै दुर्गम पालिका खानिखोलामा सडकको समस्या रहेकाे बताउदै यसमा प्रदेश सरकारले बजेट नछुट्याएको भन्दै आक्रोश ब्यक्त गरे । बजेट बिनियोजन गर्दा सुगम भन्दा दुर्गम क्षेत्रमा केहि मात्रामा बढि बिनियोजन गर्न सुझाव दिए ।

 कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो। यस्तै अन्य वक्ताहरु प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , नेपाल पत्रकार महासङ्घका तर्फबाट बद्रीराज तिमल्सिना,  निवर्तमान समन्वय प्रमुख उद्दब केसी, नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा एमालेका नेता रामहरि सुवेदी, सुर्यमान  दोङ, नेकपा एमालेकी नेतृ नविना लामाले मन्तव्य राख्नुभएको थियो।

छैठौं जिल्ला सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमत सदस्यले पारित भएको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार