मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

मण्डनदेउपुर नगरपालिकाले सम्पदा र धर्ममा चोट पुर्याएको पुरातत्त्व विभागको ठहर

Thearaniko Times 1401+ समाचार ( )
२२ असार २०८०, शुक्रबार

मन्डनदेउपुर/काभ्रेपलान्चोकका  स्थानीय तहहरुमा रहेका सम्पदा अनधिकृतरुपमा मास्न थालेपछि पुरातत्व अधिकृत र पुरातत्वविद्सहितको टोलीले ‘सम्पदाको महत्व स्थानीय सरकारलाई पनि बुझाउनु’ भन्दै पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका छन् । 

स्थानीय सरकारलाई सम्पदाको महत्व बुझाउनु पर्ने जनाउँदै प्राचीन संरक्षण ऐन २०१३, सम्पदासम्बन्धी वर्तमान ऐन तथा कानुनका बारेमा स्थानीय सरकारलाई पनि जानकारी गराउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरको प्रशासनिक भवन निर्माणका क्रममा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेपछि उक्त मन्दिर क्षेत्रमा विभागको टोलीले यही असार १३ गते अनुगमन गरेको थियो । विभागले अनुगमनपछि स्थानीय सरकारलाई मूर्तिसहित यथास्थानमा मन्दिर निर्माण गर्न निर्देशनसमेत दिइसकेको छ । 

टोलीद्वारा विभागमा पेस गरिएको प्रतिवेदनमा भनिएको छ, ‘सम्पदाबारे विद्यमान ऐन, कानुनको जानकारी गराउन गोष्ठी र तालिमको आयोजना गर्न उपयुक्त देखिन्छ ।’ 

टोलीले स्थानीय तहमा रहेका सम्पदा भत्काउनुपूर्व विभागमा जानकारी गराउनु पर्ने जनाएको छ । सम्पदा मास्नुपूर्व सहमति लिन जनचेतना, अभिमुखीकरण एवं तालिम गराउनुका साथै परम्परागत शैलीका सम्पदाको संरक्षण गर्नरगराउन टोलीले सुझाव दिएको छ । 

टोलीको सुझावसहितको प्रतिवेदनपछि विभागले मण्डनदेउपुर नगरपालिकालाई पत्राचार गरी धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि जीर्णोद्वार कार्य सञ्चालनपूर्व जानकारी गराएर मात्रै पुनःनिर्माण गर्न र पुरातात्विक सम्पदा संरक्षण गर्न आग्रह गरेको छ ।

अनुगमन टोलीमा हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दिप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतले नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको उल्लेख गरेका छन् । 

सत्तरी वर्षअघि  पुन निर्माण भएको देवालय पछि मन्दिरको  स्वरुपमा बनाइएको हो, हजारौं सालदेखि आदिवासि दनुवार जातिले  आफै पुजारी रहेर पुजेको  पिपलको बोट मुनि मुर्ति शिला त्रिशूल  सहित सामान्य देवालयको रुपमा पुजिने  उक्त मन्दिर भत्काउँदा पुरातत्त्व विभागसंग समन्वय नगरेको , जनताको धर्म र आस्थाका बिषयबारे स्थानीय सरकार गम्भीरता पुर्वक उभिनु पर्नेमा  मास्न उद्वत हुनु  कानुन र धर्म सम्मत् छैन, पुर्व अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमा राखी  पुन निर्माण  गर्न भनिएको छ । टोलीले अनुगमनका क्रममा करिब छ सयवर्ष पुरानो मनमतिको ढलोटको मनमति देवीको मूर्ति फेला पारेको बताइएको छ । ‘फेला परेका मूर्ति अहिले मन्दिर भएकै ठाउँमा राखिएको छ । नगरले उक्त मन्दिर भत्काएपछि देश भर पुरातात्त्विक सम्पदा सरक्षण बारे अभियान चलाईरहेका  श्रीकृष्ण धिमाल  र नगरपालिका  समाजसेवी प्रभुराम श्रेष्ठ सहित ६० जना स्थानीयले विभागमा सम्पदा संरक्षणार्थ निवेदन दिनुभएको थियो ।

उक्त मन्दिर नगरको हाल निर्माण गरिएको भवनको उत्तरतर्फ रहेको थियो । मण्डनदेउपुर वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले केही वर्षअघि नगर कार्यपालिकाले मन्दिर हटाउने निर्णय गरेकाले भत्काइएको जानकारी दिए । नगरले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार