मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

अहिलेको हैन १०० वर्ष पछिको लागि सोचौं–मन्त्री चौधरी

Thearaniko Times 1401+ समाचार ( )
८ श्रावण २०७९, आइतबार

बनेपा । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले विकासको काममा सबै मिल्नुपर्ने बताएका छन् । बनेपा नगरपालिका अन्तर्गत पर्ने पुन्यमाता करिडोर निर्माणमा २ वर्षदेखि अवरोध भएकोमा नगरपालिका र सरोकारवाला पक्षसँग सिधै संवाद गर्न शनिबार बनेपा आइपुगेका मन्त्री चौधरीले भने– विकासको काममा सबै मिलौँ । करिडोर नघटाऔँ । पीडित पक्षलाई न्याय दिन सबैले योगदान गरौँ । आजको छलफलले १०० वर्षपछिको बनेपाको कल्पना गरौँ ।

सरोकारवालाका कुरा सुनिसकेपछि सहरी विकास मन्त्री चौधरीले थपे– नगरपालिका, जिसस र पीडित पक्षबाटै एउटा समिति बनाऔँ । एक हप्तामा सहमति गरौँ । काम तत्काल सुरु गरौँ । एउटै मुद्दामा बर्षौं अल्झिने हो भने विकास सम्भव हुँदैन ।

छलफलमा एकीकृत समाजवादीका नेता तथा बागमति प्रदेश सभासद लक्ष्मण लम्सालले पुन्यमाता करिडोर निर्माणमा देखिएको समस्याको अन्त्य गर्न आफु लागि परेको बताउँदै आफ्नै पहलमा मन्त्री चौधरीको उपस्थितिमा सरोकारवालाहरुसँग छलफल भएको र छिट्टै निकास निस्किने विश्वास व्यक्त गर्नुभयो ।

सहरी विकास मन्त्रालय अन्तर्गत भवन निर्माण विभागका उपमहानिर्देशक रामचन्द्र दंगालले २०५८ सालको केन्द्रीय सरकारको मापदण्डअनुुसार खोलाको १५ मिटर आसपास संरचना बनाउन नपाइने कानुनी प्रावधानअनुसार नै पुन्यमाता करिडोर परियोजना मन्त्रालयले अघि बढाइएको बताए ।

बनेपा नगरपालिको कार्यालयमा भएको छलफलमा जिसस काभ्रेका सभापति दीपक गौतम, मेयर शान्ति रत्न शाक्य, उपमेयर बिमला सापकोटा, वडा अध्यक्ष, पूर्व जनप्रतिनिधिहरुले मन्त्री चौधरीकै कार्यकालमा परियोजना अघि बढ्ने आसा व्यक्त गरे ।

करिडोर रोक्न पीडित पक्षबाट सर्बोच्चमा मुद्दा दर्ता भइ टुङ्गो नलागेसम्म कामकारबाही रोक्ने सवोच्चको फैसलाबमोजिम काम अघि बढ्न नसकेको हो । पीडित पक्षका संयोजक जगन्नाथ श्रेष्ठले १५ मिटरको करिडोर राख्दा करिब ६०० रोपनी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । कतिपयको उठिबास लाग्ने भएकाले उपाय खोजिदिन मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

२०७७ साल साउन ४ गते पहिलो चरण अन्तर्गत ६ करोडमा ट्रयाक खोल्ने सम्झौता भएको सो परियोजनामा मुआब्जाको कारण देखाई स्थानीय जग्गाधनीहरुले अवरोध गरी सर्बोच्च अदालतमा समेत मुद्दा दायर गरेको र अदालतको अन्तरिम आदेशमार्फत काम रोकेका कारण करिडोरको काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार