मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सुनकोसीद्वारा बेलवासेको कविता कृति “चोटहरुको उत्सव” सार्वजनिक
सुनकोसीद्वारा बेलवासेको कविता कृति “चोटहरुको उत्सव” सार्वजनिक

Thearaniko Times 1394+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको कविता कृति “चोटहरुको उत्सव” लोकार्पित भएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक समारोह बिच उक्त कृतिको बरिष्ठ कवि तुलसी दिवस,साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी,गायिका आनी छोइङ डोल्मा लगायतले लोकार्पण गरे ।

सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले भने-“चोटहरुले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ । चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ । आँसु चुहुन पनि हाँसो भन्दा महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ । दुनियाँमा कवि लेखकहरुले चोट पाएर नै सृजना गरेका हुनु । कवि बेलवासेका कविता त्यस्तै छन् ।”

चर्चित गायिका आनीले महको स्वाद चाखेको तर महको वयान गर्न नजानेको जस्तो लाग्छ । बेलवासेले देखेका,भोगेका अनुभवहरु संगालेर सुन्दर कविता कोर्न सफल भएका छन् । कविता सुन्दा आनन्द आउँछ । उनले कृतिको लागि बेलवासेलाई बधाई दिइन् ।

कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले प्रेममाथिको मेडियसन मात्र नभएर मेडिटेसन पनि हो ।भन्दै उनले अगाडि भने -“अझै बेलवासेका कविता इन्टरभेसन पनि हो । कविता बौद्धिकताले भरिएका छन् । प्रेम दर्शन र भोगाइहरु कवितामा बलशाली बनेर आएका छन् ।”

स्रष्टा बेलवासेले आफ्ना अनुभूति राख्दै भने- “पैसा कमाउन नसकेपनि साथी र आफन्त कमाएको छु । बाँच्नका लागि चाहिने सम्बन्ध बनाएको छु । उनले अगाडि भने आफुनो चोट र पीडा मात्र नभएर मानवका चोट र पीडाहरुको रुपलाई कविताको रुप दिने प्रयास मात्र गरेको हुँ ।”

यस अघि सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कवि बेलवासेलाई सम्मान पत्र सहित सम्मान गरेका थिए । कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिलवालले प्रतिष्ठानको बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।

कार्यक्रममा लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल,मणि लोहनी,सोझो गाउँले,हेम प्रभास,शोभा अधिकारीले बाचन गरे ।

प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले गरेका थिए । 

 कृतिको प्रकाशन सुनकोसी वाङमय प्रतिस्ठानले गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार