मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

क्षितिजको १६ औं वार्षिकत्सवः निजी विद्यालयसँग सहकार्य गरी अघि बढ्नेछौं–मेयर शाक्य

Thearaniko Times 1375+ समाचार ( )
२ अशोज २०७९, आइतबार

बनेपा/क्षितिज इङ्लिस बोर्डिङ स्कूल बनेपाले १६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । दुईदिनसम्म चल्ने वार्षिकत्सवको पहिलो चरणको कार्यक्रममा बनेपा नगरका नगर प्रमुख शान्तिरत्न शाक्यले सम्बोधन गर्दै निजि विद्यालयको  शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको र क्षितिज स्कुलले यसमा ईंट्टा थप्ने काम गरेको बताउनुभयो ।  उहाँले आगामी दिनमा बनेपा नगरपालिकाले निजि विद्यालयहरुसंग मिलेर सहकार्य गरेर अगाडि बढ्न चाहेको पनि बताउनुभयो ।

यसैगरी विशेष अतिथि बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिकामा ७० प्रतिशत  विद्यार्थी निजि विद्यालयमा अध्ययनरत रहेको र ३० प्रतिशत मात्र सामुदायिक विद्यालयले धानेको टिप्पणी गर्दै शिक्षाको मागलाई  निजीक्षेत्रले पनि उत्तिकै टेवा प¥याएको बताउनुभयो । उपप्रमुख दाहालले आफु पनि यस विद्यालयको अविभावक रहेको बताउँदै गुणस्तरीयतामा कुनै शंका नरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा विद्यालय संचालक समितिको तर्फबाट कृष्णप्रसाद तिमल्सिना, विद्यालय व्यवस्थापन समिति उदयराय कायष्ठ, विद्यालयका पिन्सिपल लिलाधर पौडेल लगायतका वक्ताहरुले वार्षिकत्सव विद्यार्थीहरुको रचनात्मक र सृजनात्मक क्षमतालाई प्रस्तुत गर्ने एक अवसरका रुपमा यो कार्यक्रम रहेको, विद्यार्थीहरुलाई विद्यालय शिक्षासंगै रचनात्मक कृयाकलापमा पनि संलग्न बनाउँदै अगाडि बढाउने प्रतिवद्धता सहित शुभकामना मन्तव्य राख्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष हरि गोपाल प्रधानाङ्गले कार्यक्रमको अध्यक्षतामा गर्दै शिक्षालाई समयानुकुल बनाउन क्षितिज स्कुलले सबै उपायहरु अपनाउँदै अगाडि बढेको बताउनुभयो । सोही अवसरमा विद्यार्थीहरुले आफ्नो विविध प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा नर्सरीदेखि कक्षा ५ तहका विद्यार्थीहरु र अभिभावकहरूको उपस्थिति रहेको थियो । नर्सरीदेखि कक्षा ५  सम्मका उत्कृष्ट विद्यार्थीलाई नगरप्रमुख शान्ति रत्न शाक्य र उपप्रमुख बिमला सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार