मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

'आमा म स्वास्नी बन्न सकिन'
'आमा म स्वास्नी बन्न सकिन'

Thearaniko Times 1369+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

कविता 

                                                     मीना श्रेष्ठ 

आमा!

तिम्रो पहिलो लोरी सुनेदेखि

सुनिरहेछु तिम्रा कुराहरू

तिम्रा कथा र उपदेशहरू

घर गरिखाने सन्देशहरू

आज म सुनाउँछु कथाहरू

बुझिदेऊ मेरा ब्यथाहरू

म तिम्री असल छोरी भए पनि

कसैकी स्वास्नी बन्न सकिन।

सदियौ देखि

बजैहरूले भने

तिमीले भन्यौ

सहनशीला बन्नुपर्छ

सुशीला बन्नुपर्छ

कोशिस गरिहेरें

धेरै सहें बचनको प्रहार

कहिल्यै देखाइन मुटुमा लागेको चोट

डर थियो मलाई

मेरो चोटले माइतीको मुटु थर्किन्छ

माइतीको भित्ता चर्किन्छ।

झिसमिसेदेखि आधारातसम्म

भान्सादेखि ओछ्यानसम्म

यातनाका पत्रहरू

तहतह थपिँदै गएका छन्

इज्जतको डर छ तिमीलाई

सास फेर्न नदिने इज्जत…

तिम्रा ज्वाइँको कुटाई सहँदै बाँचे पनि

उनकै हातले ओछ्यानमै मारिए पनि

लोग्ने छाडी बसे पनि

कसै गरी जोगिन्न आमा।

इज्जतलाई बचाउन खोज्दा 

मै मरेको दिन हेर्नुभन्दा

म सम्बन्ध विच्छेद गर्छु आमा

आफ्नो घाटी ङ्याकिनु अँघि

यो सम्बन्ध ङ्याक्न देऊ आमा

तिमीले लोरीमा सुनाउनु पर्थ्यो

हाँसे पनि रोए पनि

अपजस तिम्रै भागमा पर्न सक्छ

ज्यूँदै मरेर नबाँच्नू छोरी

इज्जतसँग जीन्दगीको सौदा नगर्नू

इज्जत तिम्रो एकलौटी ठेक्का होइन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार