मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सेनाका तीनवटा हेलिकप्टर परिचालन गरी बाढी पहिरोमा फसेकाहरूलाई उद्धार गर्दै
सेनाका तीनवटा हेलिकप्टर परिचालन गरी बाढी पहिरोमा फसेकाहरूलाई उद्धार गर्दै

Thearaniko Times 1394+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काभ्रे/अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रे जिल्लाको विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गरिएको छ ।

पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर सदरमुकाम धुलिखेलबाट गएका नेपाली सेनाको हेलिकप्टर अहिलेसम्म ८५ जना उद्दार गरिसकेको प्रहरी प्रमुख बसुन्धरा खड्का ले जानकारी दिनुभयो।

रोशी गाउँपालिकाको विभिन्न स्थानका साथै पनौती, बेथानचोक, चौरीदेउरालीबाट उद्दार गरिएको छ। सानो दुधे बालकदेखि वृद्धा र विदेशी नागरिकहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ।

सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिएको जानकारी प्रहरी प्रमुख खड्काले दिनुभयो। उनीहरूलाई धुलिखेल अस्पतालमा स्वास्थ्य परिक्षण गरी गभ्भिर घाइतेलाई भर्ना गरिएको र सामान्यलाई आफन्तको जिम्मा लगाइएको बताइयो

पानीले बिपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ । रोशी गाउँपालिका कै फलामेसाँघु बजार पुरिएको छ। फलामेसाँघु बजारका २०/२५ घरका साथै सामुदायिक अस्पताल पुरिएको छ। नारायणटारको धानबाली नष्ट भएको बताइयो ।

अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ ।

दुई दिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार