मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

पनौती नगरपालिकाको नगर सभाको १६ ‌औैं अधिवेशन बजेट कटौती गर्ने निर्णय गर्दै संपन्न
पनौती नगरपालिकाको नगर सभाको १६ ‌औैं अधिवेशन बजेट कटौती गर्ने निर्णय गर्दै संपन्न

Thearaniko Times 1401+ समाचार ( )
११ पौष २०८१, बिहीबार

पनौती/पनौती नगरपालिकाको १६ औं नगर सभा बिहिबार सम्पन्न भएको छ । 

नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा नगरसभाले असोज १०–१२ को अविरल वर्षातका कारण भएको क्षति पछिको नगर सभाले ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८१/२०८२ मा प्रस्तुत गरिएको १ अर्ब ६० करोड रुपैयाको बजेटमा शंशोधन सहित १ अर्ब १४ करोड कायम गरिएको छ । ४६ करोड बजेट योजना सहित कटौती गरिएको नगर प्रमुख भण्डारीले बताए । घाटा बजेटको शंशोधन सहित ४६ करोड रुपैया कटौती गरी केहि योजना हटाईएको र केहि नयाँ विपत्तिका योजनाहरु थपिएको नगर प्रमुख भण्डारीले बताए ।

सभाले संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड, आन्तरिक श्रोत, जनसहभागिताका योजनाहरुमा विनियोजन गरिएको बजेट कटौती गरेको छ ।

नगर सभामा आर्थिक ऐन २०८१ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्वन्धी प्रस्ताव उपप्रमुख गिता बञ्जाराले प्रस्तुत गरेकी थिईन् । विपदजन्य कृयाकलापका लागि ११ करोड ७३ लाख ७५ हजारका कार्यक्रमहरु समावेश गरी १ अर्ब १४ करोडको शंशोधित बजेट पास भएको छ ।

चालु आर्थिक वर्ष २०८१/२०८२ को मसिंर मसान्त सम्मको आम्दानी खर्च अनुमोदन सम्वन्धी प्रस्ताव वडा अध्यक्ष दिपकप्रसाद दाहाल र १५ औ नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरुको अनुमोदन सम्वन्धी प्रस्ताव वडा अध्यक्ष पुरुषोतम अधिकारीले प्रस्तुत गरेका थिए ।

सभामा वडा अध्यक्ष मोहनबहादुर भण्डारीले धन्यवाद प्रस्ताव पेश गरेका थिए । नगर प्रमुख रामशरण भण्डारीले छलफलमा उठेका विषयबस्तुहरुलाई सम्बोधन गरेका थिए । सभामा प्रस्तुत भएका विषयहरु सर्वसम्वतबाट पास भएका छन् ।

 सभाले धुलिखेल नगरपालिका खानेपानी उपभोक्ता समितिका तर्फबाट पनौती नगरपालिका श्रोतमा आधारित भई खानेपानी उपभोग गरेबापत प्राप्त हुन आएको १० लाख रुपैया खानेपानी ब्यवस्थापन कार्यमा खर्च गर्ने गरी पनौती नगरपालिका वडा नम्वर १२ लाई उपलब्ध गराउने निर्णय अनुमोदन गराउने निर्णय सदर गरेको छ ।

प्रकोप ब्यवस्थापन कोषमा ३ करोड ११ लाख ६७ हजार ४ सय ९७ रुपैया जम्मा भएकोमा १ करोड ८० लाख ९६ हजार ३ सय ५ खर्च भएको छ । संघ, प्रदेश, काठमाडौ महानगरपालिका, तथा विभिन्न ब्यक्ति तथा निकायबाट प्राप्त रकम प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार