मुख्य समाचार
नेवार समुदायको संस्कृतिमा समाजवादको भ्रुण देखेको छु -प्रचण्ड | ‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो | पारिजात संघर्षशील महिला-२०८१ ‎एमाले नेतृ विन्दा पाण्डेलाई प्रदान | शिक्षक आन्दोलनमार्फत राज्य समक्ष शिक्षकका केही प्रश्न | शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ | विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ? | सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सञ्चारमन्त्री गुरुङको चेतावनी | काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन | वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र | प्रदेश राजधानी ‎हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’को घर्तिछाप खण्डमा कालोपत्रे हुँदै |

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

Thearaniko Times 1073+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

काभ्रे/  साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित पनौतीका केही जात्रापर्वहरूको  दोस्रो संस्करण लोकार्पण भएको छ । सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी तथा पनौती नगरपालिकाका निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्त रूपमा गरेका थिए । सोही कार्यक्रममा पुस्तक लेखनका क्रममा सूचना प्रदान गर्नुहुने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएको थियो।

         अक्षरमार्ग प्रकाशन रहेको सो पुस्तक प्राचीन नगर पनौतीमा वर्षभरिमा मनाईने जात्रा तथा चाडपर्वका विषयमा तयार पारिएको छ । पुस्तकलाई विषयवस्तु अनुसार पाँच खण्डमा विभाजन गरिएको जानकारी प्राप्त भएको छ । पनौती नगरको परिचय, इतिहास, जात्रा, पर्वहरू,  मकुण्डो नाच आदि विषय पुस्तकमा समेटिएका छन । 

          पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रद्धा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोख्नुभयो । उहाँले साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनुभयो । पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएका छन । 

     साहित्यकार सूर्य लाकोजूका नेपाली साहित्यका विविध विधाका तीन दर्जन साहियिक कृति प्रकाशित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार