मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

महामारीजन्य रोग नियन्त्रणकाे प्रयासबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
महामारीजन्य रोग नियन्त्रणकाे प्रयासबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

Thearaniko Times 1401+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

धुलिखेल/जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले महामारीजन्य रोगहरुकाे नियन्त्रण प्रयासबारे संचारकर्मीहरुसँग अन्तरक्रिया गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा बढिरहेको डेंगु, त्यसको नियन्त्रण र त्यसबाट पर्न सक्ने असर कम गराउन गरिरहेका प्रयास, सचेतनामुलक कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । 

जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले सञ्चारकर्मीको जिज्ञासामा आफ्नो धारणा राख्नुहुँदै काभ्रेपलाञ्चोक जिल्लामा देखिएका महामारीजन्य रोग, त्यसको अवस्था, रोकथामका लागि भएका प्रयास तथा आगामी दिनमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएकी थिईन् ।

कार्यक्रममा ल्याब प्रमुख सिता श्रेष्ठले डेंगु रोग संक्रमणदेखि नियन्त्रण गर्न चालेका प्रयासहरु बारे जानकारी दिनुभयो। उहाँले जिल्लामा मलेरीया, कालाजार, डेंगी, कोभिड, रेविज लगायतका महामारीजन्य रोगहरु नियन्त्रणका लागि भएका प्रयासका बारेमा समेत जानकारी दिईएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका महाँकालमा कालाजार देखिएको र नियन्त्रणमा आएको सोहि अवसरमा बताईएको थियो । कालाजार भुसुनाका माध्यमबाट सर्ने गर्दछ । ७ जना ब्यक्तिहरुमा देखिएको कालाजार नियन्त्रणका लागि भएका प्रयत्न र प्रयास तथा अवस्थाका बारेमा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी गराईन् ।

खानेपानीको नियमित परिक्षण गर्न, खानपान, रहनसहन, सरसफाईका बारेमा ध्यान दिन र सचेत गराउँदै स्थानीय सरकारका स्वास्थ्य शाखाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु भएका छन् ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, ल्याव प्रमुख सिता श्रेष्ठ, सृजना अधिकारी लगायतले जिल्लाका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा महामारीजन्य रोगहरु नियन्त्रणका लागि संचारमाध्यम र संचारकर्मीहरुको समन्वय रहने बताए ।

https://youtu.be/OFqViNurIA4?si=IBm1OFPnRKqOQydW

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार