मुख्य समाचार
उपाध्यायको उपन्यास ऐंजेरुको लोकार्पण | समाजवादी मोर्चाको कार्यक्रमप्रति खनालको असन्तुष्टि | आन्तरिक पर्यटन/देशदर्शनमा मेरो एउटा हुटहुटी भनौं कि दुस्साहस ? ७७ जिल्ला एकै घुमाईमा बाईकबाट घुम्ने | बुद्ध जयन्तीको अवसरमा 'समकालीन नेपाली कविताका स्वरहरू' | काभ्रे सेवा समाजले गरे पनौती– नमोवुद्ध शान्ति पदयात्रा | पाकिस्तानले युद्ध विराम उल्लंघन गरेको भारतको आरोप | ‎बुद्धिजीवीहरुले पार्टी विरुद्ध फैलाएका भ्रम चिर्दै अगाडि बढ्नुपर्छ - उपाध्यक्ष भुषाल | सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन - प्रचण्ड | ‎लिन इन्टरनेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले मनाए ‘चण्डेश्वरीको नमुना जात्रा | ‎सम्झनाको तरेलीमा निर्मल लामा — ३ |
मुख्य समाचार
उपाध्यायको उपन्यास ऐंजेरुको लोकार्पण | समाजवादी मोर्चाको कार्यक्रमप्रति खनालको असन्तुष्टि | आन्तरिक पर्यटन/देशदर्शनमा मेरो एउटा हुटहुटी भनौं कि दुस्साहस ? ७७ जिल्ला एकै घुमाईमा बाईकबाट घुम्ने | बुद्ध जयन्तीको अवसरमा 'समकालीन नेपाली कविताका स्वरहरू' | काभ्रे सेवा समाजले गरे पनौती– नमोवुद्ध शान्ति पदयात्रा | पाकिस्तानले युद्ध विराम उल्लंघन गरेको भारतको आरोप | ‎बुद्धिजीवीहरुले पार्टी विरुद्ध फैलाएका भ्रम चिर्दै अगाडि बढ्नुपर्छ - उपाध्यक्ष भुषाल | सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन - प्रचण्ड | ‎लिन इन्टरनेशनल बोर्डिङ स्कुलका विद्यार्थीहरुले मनाए ‘चण्डेश्वरीको नमुना जात्रा | ‎सम्झनाको तरेलीमा निर्मल लामा — ३ |

शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ
शिक्षकहरुको आन्दोलनमा लाचार सरकार तमासे बनेको छ

Thearaniko Times 1098+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

दीपक जंगम

नेपालबाट सामुदायिक विद्यालयका शिक्षकहरुको काठमाण्डौ केन्द्रित आन्दोलनले एउटा गतिलो चरण पार गरेको छ । झण्डै लाखौं शिक्षकहरु आफ्ना विभिन्न शुत्रीय भागहरु सरकारले पुरा नगरेको कारण आन्दोलनमा होमिन परेको कुरा विभिन्न सञ्चार माध्यमहरुमा समाचार बनेर टिकाटिप्पणी सुरु हुन थालेको छ । दोस्रो सातासम्म चलेको यो आन्दोलनले शिक्षकहरुका जायज मागहरुप्रति सरकार लचक बन्नुपर्ने जिम्मेवारीबोध गरेर वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको सट्टा प्रधानमन्त्री के.पी. ओलीको गैर अभिव्यक्तिले शिक्षकहरुको आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको छ । सबैभन्दा बढी बजेट शिक्षामा राज्यको परेको छ तर बजेट अनुसार सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर प्राप्त हुनुको सट्टा शैक्षिक गुणस्तर खस्कदै गएको कुरा विभिन्न आँकडा तथा तथ्याङ्कले देखाएको छ । शिक्षामा राज्य जिम्मेवार नबन्दा विद्यालयको शैक्षिक गुणस्तर घट्नु स्वभाविक पनि छ । शिक्षकहरुले भर्ना अभियान तथा पठनपाठन रोकेर विभिन्न मागहरु तेर्साएर गरेको आन्दालेलने सकारात्मक भूमिका खेल्न सकेन भने त्यसको  जिम्मा कसले लिने ? गाउँ घरमा खाइ नखाई आफ्ना छोराछोरीको उज्जवल भविष्यको लागि विद्यालयमा भर्ना गराएर राम्रो शिक्षा प्राप्त गरुन् भन्ने प्रत्येक अभिभावकको इच्छा हुन्छ र भविष्य बिग्रदैन भन्ने विश्वासको साथ पठनपाठनलाई परिणाममुखी बनाएर एउटा जिम्मेवार विद्यालय, शिक्षक, अभिभावक शिक्षक संघ, संगठन लगायत सरोकारवाला निकायहरुको हुन्छ र हुनुपनि पर्दछ ।

भर्खरै प्रवेशिका परीक्षा (एस.इ.इ.) दिएर बसेका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नगरी आन्दालेलनमा मात्र रत्यौली पारामा गाना बजाउन गएर काठमाण्डौमा जात्रा देखाउनुभन्दा पनि शिक्षक महासंघ÷संगठन लगायत सरोकार संवेदनशिल बनेर पुरा गर्न सकिने मागमा सहमती गर्दै तत्काल माग पुरा गराउने काममा अविलम्ब नगरी लागु गर्नुपर्ने कुरा अत्यन्त जरुरी छ । सरकारले शिक्षकहरुको जायज माग प्रति वास्ता नगरी चौध÷प्रन्ध दिनसम्म चुप लागेर बस्नु भनेको कदापी क्षमायोग्य छैन । यसमा सरकार थप जिम्मेवार बोध गरेर तत्काल मागहरुको संबोधन भएन भने एस.इ.इ. परीक्षाको परीक्षा पुस्तिका परीक्षण नगरेको कारण परीक्षाफल प्रकाशित गर्न र उच्च शिक्षामा अध्ययन गर्नको लागि भर्ना कार्यक्रमहरु पनि प्रभावित बन्ने कुरामा कुनै शंका छैन भने कुरा एघार र बाह्रको परीक्षा पनि निर्धारित समयमा गर्न नसक्ने परिस्थिति बन्न जानेछ । प्रत्येक वर्ष सरकारी सामुदायिक विद्यालयको परीक्षाफल हेर्दा ज्यादै लाजलाग्दो बनाएको प्रति अलिकति पनि चिन्ता नराख्ने सामुदायिक विद्यालयका शिक्षकहरुको सेवा  सुविधा बढाउनु मात्र शिक्षाको समाधान होइन । पार्टीको सदस्यता लिएर राजनितीमा होमिने शिक्षकहरुको कारण विद्यार्थीको भविष्य बिग्रन गयो भने नेपालमा अभिभावक र विद्यार्थी सडकमा आएर राँको बाल्ने दिन आउँदैन भन्न पनि सकिन्न । काठमाण्डौ केन्द्रित आन्दोलन शिक्षक, विद्यार्थी र अभिभावक सबैतिर फाइदा हुने प्रकारको हुनुपर्दछ र विद्यार्थीको उज्जवल भविष्यको लागि सरकारले ल्याउनुपर्ने योजना सेवा सुविधा प्रति किन आन्दोलन मौन छ ? आज सामुदायिक विद्यालयमा पढाइको गुणस्तर वृद्धि भएको भए नतिजामा किन प्रतिशत कम आयो ? विद्यालयमा विद्यार्थी घट्नु, नतिजा घट्नु, विद्यालयमा शिक्षकहरुबाट राजनीति गर्नु, नेताको आर्शिवादमा जागिर खानु सामुदायिक विद्यालयमा पढाउने शिक्षक शिक्षिकाका छोराछोरीलाई निजी विद्यालयमा पढाउनु, सरकारी विद्यालयमा नपठाउनु भनेको गरीब जनताका छोराछोरीलाई बाध्य बनाएर सरकारी विद्यालयमा भर्ना गराई पाठएपछि परिणाम जस्तोसुकै आएपनि आत्मबोेध र ग्लानी नलाग्ने शिक्षकहरुको कारण देशमा शिक्षामा प्रर्याप्त लगानी परिणाममा बालुवामा पानी जस्तै भएको छ ।

आज सरकारी विद्यालयमा गुणस्तर पढाई र अनिवार्य पढ्नुपर्ने योजना सहित सरकार लागि परेको भए निजी विद्यालयका मालिकहरुले मन लाग्दी चर्को शुल्क, पुस्तकहरुको भारी, बर्षेनी हजारौं लाखौ छुट्टा छुट्टै भर्ना फि, चर्को मासिक शुल्क लिएर बंगुर मोटाए झै जस्तै मोटाउने थिएनन् । अभिभावक सबै धनी छैनन् । बिहान बेलुका मजदुरी गरेर खाने व्यक्तिले निजी विद्यालयमा कसरी पढाई रहेको होला त्यो हेक्का छ सरकारका मन्त्रीहरुलाई ? राज्य बेइमानी बाटोमा हिड्यो भने जनताले धेरै दु ःख खेप्नु पर्दछ र परिवारमा अस्तव्यस्त आउन सक्छ त्यो कुरामा राज्य अलिकति पनि संवेदनशिल छैन । आज निजी विद्यालयको ब्रम्हलुटले थला परेको छ नेपालको शिक्षा, निजी विद्यालयमा राम्रो पढाई गर्ने बाहानामा एउटा शिक्षकलाई खानै नपुग्ने न्यून पारिश्रमिक दिएर बिहानै देखि काममा जोताएर भए भरको फाइदा एउटा निजी विद्यालयको प्रिन्सिपले खाइ रहेको छ । सरकारी शिक्षक सरह तलब भर्पाइ गराएर बाध्यतामा रगत पसिना खान पल्केका निजी विद्यालयका भष्ट्रहरुको कारण आज सरकार केही गर्न सक्ने अवस्थामा छैन । निजी विद्यालयमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि प्रिन्सिपलले निःशुल्क पढाउन सक्तैन र उसले पुरै मासिक शुल्क र भर्न फि बिर्सौ, पचासौं हजार र कतै कतै त लाखौं भर्ना फि लिन पाउने स्वेच्छाचारी छुटले गर्दा न्याय हराएको शिक्षा जस्तो भएको छ । निजी विद्यालयको ब्रम्हलुटमा सरकार किन मौन छ ? जनतालाई निजी विद्यालयबाट राहत छैन भने सरकारी विद्यालयमा भएको पढाईको मापन गर्दा रिजल्टबाट प्राप्त परिणामले स्पष्ट संकेत देखा परेको धेरै वर्ष भयो । सरकारको आँट छ भने तुरुन्त निजी विद्यालय खारेज गरेर सरकारी विद्यालयमा योग्य क्षमतावान शिक्षकबाट पठन पाठन गर्न लगाई भए भरको सम्पूर्ण संयन्त्र, पुर्वाधार लगायत आवश्यक दक्ष जनशक्ति परिचालन गरी सबैका छोराछोरी सरकारी विद्यालयमा पढ्ने वातावरण बनाउन अत्यन्त जरुरी छ तर सरकार यो गर्न तयार छैन ।
आज नेपालको अवस्था हेर्दा सरकारी, सामुदायिक विद्यालय असफल गराई  निजी विद्यालयबाट ब्रम्हलुट गर्दा पिडित बन्ने अभिभावक नै हुन् । नेपालमा पञ्चायतकालमा सकि नसकी सरकारी विद्यालयमा पढ्ने बाध्यता र रिजल्ट राम्रै थियो त्यो आजसम्म सम्झन लायक नै छ तर आज निजी विद्यालय खोल्न दिएर सरकारले राम्रो काम गरेकै छैन भने सरकारी विद्यालयमा खन्हाएको बजेट दुरुपयोग भएको छ । शिक्षकहरुले सेवा सुविधा मात्र होइन गुणस्तर शिक्षा पनि दिनुपर्दछ । औंलामा गन्न सकिने विद्यालय बाहेक अधिकाँश विद्यालयको अवस्था हेर्दा सन्तोष लिने ठाउँ छैन । आज देशमा पढे लेखेका युवा, डाक्टर, इन्जिनियर, दक्ष जनशक्ति विदेशिने क्रम रोकिएको छैन र सरकार रमिते बनेको अवस्था छ । स्थानीय तहको मातहतमा रहेको सामुदायिक विद्यालयमा स्थानीय जनप्रतिनिधिको राजनीतिक हस्तक्षेपबाट काम गर्ने शिक्षकको मनोबल गिरेको छ । स्थानीय सरकार हिजोका प्रधानपञ्च जस्ता देखिएका छन् ।
आज आन्दोलनमा आउने शिक्षकहरु एमाले, काँग्रेस पार्टीका सदस्य लिएर बसेका नै बढी छन् भने माओवादीको केही प्रतिशत मात्र होला । आज आन्दोलनरत शिक्षकहरुले विद्यार्थीको सामुदायिक विद्यालयमा हुुनुपर्ने गुणात्मक सुधारको पक्षमा एमालेको भातृ संगठन, शिक्षक संगठन, काँग्रेस निकट विद्यार्थी, शिक्षक संगठन किन मौन ? कहाँ गयो अ.ने.रा.स्व.वि.यु लगायत अन्य विद्यार्थी संघ संगठन ? किन बोल्दैन पार्टी ? हिजो नेताको चाकडी गर्न लिइएका पार्टी सदस्यता च्यात्नुको सट्टा खल्तीमा बोकेर सडक आन्दोलन गर्ने शिक्षकहरु किन पार्टी सदस्यता त्याग्ने हिम्मत गर्दैनन् ? भोली हुने चुनावमा तीनै एमाले, काँग्रेसलाई भोट माग्ने शिक्षकको माग पुरा गर्न किन एमाले, काँग्रेस गठबन्धन सरकार चाहँदैन ? देश बनाउने, भविष्यका कर्णाधार तयार गर्ने शिक्षक हुन् तर तिनै शिक्षकलाई सरकारले पाखा लगाउन खोज्छ भने आजैबाट पार्टी सदस्यता त्यागेर स्वतन्त्र रुपमा मतदानमा भाग लिएर देश र जनताको पक्षमा काम गर्ने वैकल्पिक पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिएर जिताउने अभियानमा शिक्षकहरु लाग्नु जरुरी छ कि छैन ? आज यो ऐंजेरु सरकारले जनताको काम गर्ने भन्दा पनि विवादित बनेर सत्ता टिकाउने खेलमा लागेको छ ।

प्रधानमन्त्रीको भूमिका हेर्दा नेपाली काँग्रेसले शंका गर्नुपर्ने थुप्प्रै ठाउँहरु प्रशस्त छन् । त्रिभुवन विश्व विद्यालय, राष्ट्र बैंकको गर्भनर विवाद लगायत विवादै विवादको घेराभित्र रहेर जनतालाई सरकार छ भन्ने विश्वास दिलाउन नसक्ने यो सरकार असफल प्रमाणित भइसकेको वर्तमान अवस्थामा देशमा रहेको विज्ञ, विश्लेषक, विद्धान वर्गको भूमिकामा पनि विश्वास गर्न सक्ने ठाउँ कतै छैन । राज्य चलाउन हस्तक्षेप होइन, इमान्दारिता  र पारदर्शिता चाहिन्छ । नेपाल विद्युत प्राधिकरणबाट कुलमान जस्ता उज्यालोको नायक हटाउँदा एमाले, काँग्रेस किन दंग छ ? दिन प्रतिदन पटक–पटक बत्ति निभाउँदै ठुलो पुरुषार्थ गरेको ठान्ने प्राधिकरणका नाइके हितेन्द्रदेव शाक्य र उर्जा मन्त्री बनेका आरोपित पात्र दीपक खड्काको दादागिरीले प्राधिकरणबाट भएको फाइदालाई नेपाली अर्थतन्त्र धरासयी बन्ने र भारतीय उद्योगपति रातारात अर्बोपति बन्ने बनाउने ध्याउन्नमा लागेको कारण नेपालीको घर घरमा मैनबत्ति र मट्टितेल जोहो हुन थालेको छ भने सरकारी कार्यालय लगायत जनसरोकारका कार्यालयमा दिनहुँ बत्ति जाँदा थुप्रै काम प्रभावित बनेको कुरा देखिन थालिसकेको छ भने हिजो जनआन्दोलनबाट मिल्काइएका ज्ञानेन्द्र शाह पटक पटक सन्देश दिएर स्थापित लोकप्रिय बन्न झरेको पखेटा उचालेर कराउँदै छन् तर सरकार किन चुप छ ?

विनाश कालले विपरित बुद्धि भने जस्तै यो सरकारले हिजोको राणा शासन, राजशाही शासन, पञ्चायती कालो व्यवस्था भन्दा धेरै गुणा माथि रहेर जनताको सार्वभौम अधिकार कटौती गर्न सँसद, न्यायलय, प्रहरी प्रशासन, कालो बजारी, महँगी, कु–शासन गर्न छोडेको छैन र जनताले गणतान्त्रिक सरकार छ भन्ने विश्वास गर्न छोडिसकेको अवस्था छ । यो कहालीलाग्दो अवस्थालाई रुपान्तरित गर्दै जनताले प्राप्त गरेको यो गणतन्त्रलाई समाजवादी गणतन्त्र बनाउन छोड्नु हुँदैन र हिजो पञ्चायती व्यवस्थाका रैतीहरु संविधानले दिएको सुविधा खाएर बर्बराएको टुलुटुलु हेर्न मिल्दैन त्यसको लागि आन्दोलनरत शिक्षकहरुले पनि हातमा हात राखेर परिवर्तनको दिशाका लाग्नु जरुरी छ भने शिक्षकहरुको आन्दोलनलाई बेलैमा सरकारले सम्बोधन गर्न अब ढिला गर्नु हुँदैन । सरकार तमासे बन्नु हुँदैन भन्ने कुरा सर्वक्षेत्रबाट आवाज मुखरित भएको अवस्था देख्न सकिन्छ ।

-लेखक अधिवक्ता हुनुहुन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार