मुख्य समाचार
काभ्रे सेवा समाज युएईले नेपाली नयाँ बर्षमा साँस्कृतिक साँझ २०८२ मनाउँदै | नेपाली सेनाले भन्यो- संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न कटिबद्ध छौं | २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान | त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय, केही क्याम्पसमा तालाबन्दी | काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त | पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति? | बनेपा नगरपालिकाको अर्धबार्षिक समिक्षा, राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी | इशा मेमोरियल स्कुलको १९ औं बार्षिकोत्सव संपन्न | र्यालीसहित श्रमिक महिला दिवस सम्पन्न, समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव : अमृता थापा | जनताले वर्तमान सरकारलाई कार्य सम्पादनको मूल्याङ्कन माइनस डिग्री दिएका छन् । |
मुख्य समाचार
काभ्रे सेवा समाज युएईले नेपाली नयाँ बर्षमा साँस्कृतिक साँझ २०८२ मनाउँदै | नेपाली सेनाले भन्यो- संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न कटिबद्ध छौं | २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान | त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय, केही क्याम्पसमा तालाबन्दी | काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त | पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति? | बनेपा नगरपालिकाको अर्धबार्षिक समिक्षा, राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी | इशा मेमोरियल स्कुलको १९ औं बार्षिकोत्सव संपन्न | र्यालीसहित श्रमिक महिला दिवस सम्पन्न, समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव : अमृता थापा | जनताले वर्तमान सरकारलाई कार्य सम्पादनको मूल्याङ्कन माइनस डिग्री दिएका छन् । |


मण्डनदेउपुरको नीति कार्यक्रममा चिसो पेय पदार्थको सट्टा दुध मोहीको प्रयोगमा जोड

Thearaniko Times 1057+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिकाकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ८२ करोड ७७ लाख ८६ हजार ६ सय रुपैयाँको विनियोजन प्रस्ताव गरेको छ ।

नगर सभामा नगर प्रमुख टोकबहादुर वाइवाल नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै दूग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न नगरपालिका र वडा कार्यालयहरुले गर्ने सबै कार्यक्रममा चिसो पेय पदार्थको सट्टामा स्थानीय कृषकबाट उत्पादित दुध तथा मोहीको प्रयोगलाई अनिवार्य गर्न जोड दिनु भएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपणजस्ता विषयका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।


उत्पादनको सम्भावना भएको स्थानको पहिचान गरी प्रतिस्पर्धाका आधारमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम संचालन गर्ने, रैथाने प्रजातीको बालीको संरक्षणको लागि बिउ बैंक स्थापना गर्ने, स्नातक वा सोभन्दा माथि उतीर्ण गरेका, व्यावसायिक योजना पेश गर्ने युवाहरूलाई छनौट गरी योजना प्रस्तावनाका आधारमा संघ प्रदेश सरकार एवम् वित्तीय संस्थाको सहकार्यमा सहुलियत ऋणको व्यवस्थाका लागि सहजीकरण तथा परिक्षणको रुपमा सहुलियत पूर्ण ऋणको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकामा श्रम बैङ्क स्थापना गरी श्रम माग गर्ने संस्था वा निकायलाई श्रमिक उपलब्ध गराउन नगरपालिकाले समन्वय र सहकार्य गर्ने नीति नगरपालिकाको छ ।

१० लाखसम्म संपत्ति हुनेलाई कर मिनाहा गर्ने कुरा पनि नीति कार्यक्रममा उल्लेख छ।

पचास वर्ष उमेर पुगेका सबै नागरिकको वर्षमा एक पटक उच्च रक्तचाप, मधुमेह, मुटु, मृगौला, कलेजो, श्वासप्रश्वास, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग लगायतका नसर्ने रोगहरूको नगर अस्पतालबाट निःशुल्क परीक्षणको व्यवस्था गर्ने, ५ शैयाको नगर अस्पताललाई विस्तार गरी १५ सैयाको अस्पतालमा स्तरोन्नति कार्य दुई बर्षभित्र सम्पन्न गर्ने, नगर अस्पतालमा स्वास्थ्य विमा सेवा उपलव्ध गराउने, अस्पताल संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा सबै सामुदायिक विद्यालयहरुमा वालमैत्री उद्यान निर्माण गरी क्रमशः हरित विद्यालय निर्माण अभियान संचालन गर्ने, विद्यालयहरूमा लैङ्गिक तथा अपाङगमैत्री भौतिक संरचनाहरू निर्माण तथा आवश्यकताको आधारमा छात्राहरूका लागि सेनेटरी प्याड र महिनावारी बेड रेस्टको व्यवस्था गरिने उल्लेख गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरी एसईई उतिर्ण गरेका दलित, पिछडिएको वर्ग, अति विपन्न र जेहेन्दार छात्रछात्रालाई अध्ययनपछि नगरपालिकामा कम्तीमा ३ वर्षसम्म सम्बन्धित क्षेत्रमा अनिवार्य सेवा गर्ने गरी कृषिमा १ जना, स्वास्थ्यमा १ जना र इन्जिनियरिङ्गमा १ जनालाई भौचरमा आधारित छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइने नीति लिएको छ ।

मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाभित्रका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थीले अनिवार्य रूपमा नेपालमा बनेको कपडाको पोशाक लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।


आगामी आर्थिक बर्षमा केही वडाहरु बाल मैत्री वडा घोषण गर्ने, सामाजिक विकृति, विसंगती, विभेद तथा घरेलु हिंसा न्युनिकरणको लागि लागु पदार्थ दुरव्यसन, जाड रक्सी र जुवा तास नियन्त्रणको लागि नभएको टोल (शुन्य टोल)लाई पुरस्कृत र भएको टोललाई जरिवाना गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।

यसैबीच नगरसभामा उपप्रमुख विष्णुमणि नेपालले प्रस्तुत गरेको विनियोजित बजेटमा पुँजीगततर्फ ३५ करोड १८ लाख ९ हजार ३ सय ५ (४२ दशमलव ५ प्रतिशत) र चालुतर्फ ४७ करोड ५९ लाख ७७ हजार २ सय ९५ रुपैयाँ (५७ दशमलव ५ प्रतिशत) प्रस्ताव गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यो आ.व.मा करीब १० करोड बजेट घटेर आएको बताइएको छ । नीति तथा कार्यक्रम र बजेट अध्ययनका लागि सभाका सदस्यहरुलाई दिइएको र अर्को बैठक यही असार २४ गते बस्ने बताइएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार