मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

रोशीका छ जना दलित विद्यार्थीलाई आर्थिक सहयोग

Thearaniko Times 1394+ समाचार ( )
४ असार २०८१, मङ्गलबार

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले दलित बिद्यार्थीहरूका प्रोत्साहनको लागि आर्थिक सहयोग गरेका छन् । प्राविभिक शिक्षा, उच्च शिक्षा र लोक सेवा तयारी कक्षाका लागि प्रोत्साहन स्वरुप प्रतिव्यक्ति ३२ हजार २ सयका दरले ६ जनालाई आर्थिक सहयोग वितरण गरेको हो ।

उत्पीडनमा परेको दलित समुदायलाई माथी उकास्नको लागि दलित बिद्यार्थीहरूको शिक्षामा प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । ‘पछाडी परेका तथा पारिएका दलित समुदायको शिक्षाको स्तर नउठेसम्म समाज विकसित हुदैन ।’ अध्यक्ष लामाले भने, ‘दलित बिद्यार्थीहरूको शिक्षामा परिर्वतन ल्याउनको लागि प्रतिव्यक्ति ३२ हजार २ सयका दरले ६ जनालाई वितरण गरेका छौँ ।’ दलित समुदायको बिकासका लागि हरेक बर्ष दलित उत्थान कार्यक्रमका लागि बिभिन्न कार्यक्रम गर्दै आएको लामाले जानकारी दिए । निर्वाचित भएर आएपछि पहिलो बर्ष दलित उत्थान कार्यक्रमका लागि १२ लाख र दोस्रो बर्ष अर्थात आर्थिक बर्ष २०८०/०८१ मा १३ लाख बजेट व्यवस्था गरेको अध्यक्ष लामाले बताए । 

छ जना दलित बिद्यार्थीको प्रोत्साहनका लागि एक लाख ९३ हजार २ सय वितरण गरेका छन् । मंगल जनविजय माध्यामिक विद्यालयमा ३ बर्षे सिभिल इञ्जीनीयर अध्यायन गर्ने राशी-९ का युगबहादुर दमाईलाई प्राविधिक शिक्षा अध्यायनका लागि आर्थिक सहयोग गरेको हो । त्यसरी नै पिपुल्स बहुमुखी क्याम्पसमा बिबिएस अध्यायनरत रोशी-१ का सुजिना विकलाई लोक सेवा तयारीका लागि, मंगलजनविजय माध्यामिक विद्यालयमा ३ बर्षे इञ्जीनीयर अध्यायनरत रोशी-११ कि शुभद्रा नेपाली, रोशी-१२ का सुजन विक, रोशी-१० का निरोज विक र रोशी-९ की रोशनी सुन्दासलाई आर्थिक सहयोग गरेका हुन् ।

दलित समुदाय उत्थान कार्यक्रमका लागि पालिका स्तरीय महिला सदस्य सुनिता लामगादेको संयोजकत्वमा समिति गठन गरेका छन् । सो समितिको समन्वय तथा सहयोगमा दलित उत्थान कार्यक्रम गर्दै आएको छ । आफ्नो लागि आफै गर भन्ने भनाईलाई आत्मसत गर्दै गाउँपालिकाको कार्यक्रम अगाडी बढाउँदै आएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार