मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काठमाडौं विश्वविद्यालयः भविष्यका लागि नवप्रवर्तन
काठमाडौं विश्वविद्यालयः भविष्यका लागि नवप्रवर्तन

Thearaniko Times 1401+ समाचार ( )
२९ औं दीक्षान्त समारोह – दोस्रो चरण
१४ भाद्र २०८१, शुक्रबार

दीक्षित हुने २ हजार ३१४नयाँ स्नातकलाई काठमाडौं विश्वविद्यालयको हार्दिक बधाई ।

काठमाडौं विश्वविद्यालय (केयू) ले स्थापनाका ३३ वर्षमा नेपालमा शैक्षिक उत्कृष्टताको मानक स्थापना गरेको छ । विश्वविद्यालयको दायरा भन्दा बाहिर समाज सम्म ज्ञान र सीपहरू पुु¥याउने आदर्शबाट निर्देशित केयूले नेपाली समाज रुपान्तरणका लागि मानव संसाधनको विस्तार, ज्ञानको लोकतान्त्रिकरण तथा दीर्घकालीन समाधान सिर्जना गर्नेतर्फ आफ्ना सबै प्रयासहरू समर्पित गरेको छ । 

केयूका सात सङ्कायहरु— स्कूलअ फ आर्ट्स, स्कूल अफ एजुकेशन, स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ ल, स्कूल अफ म्यानेजमेन्ट, स्कूल अफ मेडिकल साइन्सेज र स्कूल अफ साइन्समा स्नातकदेखि पीएचडी सम्म २३० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालित छन् । तीमध्ये कतिपय कार्यक्रम राष्ट्रमै पहिलो पटक सुरु गरिएका हुन् ।

२९औं दीक्षान्त– दोस्रो चरणका झलक

शुक्रबार दीक्षित हुने २,३१४ स्नातकमध्ये स्कुल अफ आर्ट्सबाट ७०, स्कुल अफ एजुकेशनबाट ७१, स्कुल अफ इन्जिनियरिङबाट ३६४, स्कुल अफ म्यानेजमेन्टबाट ९७, स्कुल अफ मेडिकल साइन्सेजबाट १,५६३ र स्कुल अफ साइन्सबाट १४९ जना छन् । आफ्ना शैक्षिक कार्यक्रममा लैङ्गिक समानताको उत्कृष्ट नमुना स्थापित गरेको केयूबाट शुक्रबार दीक्षित हुनेमा १,१८६ (५१.२५प्रतिशत) पुरुष र १,१२८ (४८.७५प्रतिशत) महिला छन् । अन्तर्राष्ट्रिय विद्यार्थीको प्रमुख गन्तव्य बनेको केयूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न अग्रणी भुमिका खेलेको छ । २९ औँ दीक्षान्त समारोहको दोस्रो चरणमा दीक्षित हुनेमध्ये २४२ जना अर्थात् १०.५ प्रतिशत १९ देशका अन्तर्राष्ट्रिय विद्यार्थी छन् । केयूबाट हालसम्म दीक्षित कुल ४५,४३७ स्नातकमध्ये ५७ देशबाट ५,४६७ विदेशी विद्यार्थी छन् । 

शिक्षाको अन्तर्राष्ट्रियकरणलाई नेपाली शैक्षिक पूनर्जागरणको आधार मान्दै केयूले हालसम्म २ सय ७५ अन्तर्राष्ट्रिय उच्चशिक्षासंस्थासँग सहकार्यको सम्बन्ध स्थापित गरेको छ । तीमध्ये केही उल्लेखनीय कार्यक्रम निम्नानुुसार छन् ।

  • इन्डियन इन्स्टिच्युट अफटेक्नोलोजी–हैदराबादसँग संयुक्त पीएचडी डिग्री
  • इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्राससँग संयुक्त मास्टर डिग्री
  • श्री विश्वेश्वर योग अनुसन्धान संस्थान तिरुपतिसँग योग विज्ञानमा संयुक्त स्नातक डिग्री
  • क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशन सिड्नीसँग सूचना प्रविधिमा दोहोरो डिग्री स्नातक कार्यक्रम

काठमाडौँ विश्वविद्यालयः अनुसन्धान र नवप्रवर्तनमा जोड 

केयूले राष्ट्रिय विकास, अन्तर्राष्ट्रिय वैज्ञानिक प्रगति, र गुणस्तरीय शिक्षाको एक प्रमुख अवयवको रूपमा अनुसन्धानलाई जोड दिँदै आएको छ । मौलिक तथा व्यवहारिक शिक्षालाई शैक्षिक मान्यता प्रदान गर्ने हेतुले केयूले विभिन्न पेशाका पेशेवरहरूलाई उनीहरूको नियमित तालिकामा सम्झौता नगरी औपचारिक डिग्री प्राप्त गर्न सहजीकरण गर्छ । अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय र कक्षाकोठा, अनुसन्धान र अध्ययनका लागि सहज वातावरण र विश्वप्र्रसिद्ध प्राध्यापकहरु नै केयूको उत्कृष्टताका धरोहर हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार